काठमाडौं-७ : चुनावी निर्णयबाट पछि हटे बामदेव गौतम

आजको खबर   |    प्रकाशित : २०७५ असोज २५ गते १४:४६

काठमाडौं । चौर्तफी विरोध भएपछि अन्ततः नेकपाका नेता बामदेव गौतमले काठमाडौँ क्षेत्र नम्बर-७ को उपनिर्वाचनमा चुनाव नलड्ने भएका छन्।

क्षेत्र नम्बर ७ बाट प्रतिनिधिसभामा प्रत्यक्ष निर्वाचित सांसद् रामवीर मानन्धरले राजिनामा दिने घोषण गरेसँगै गौतम र मानन्धरको चौतर्फी आलोचना भएपछि नेकपाका वरिष्ठ नेता समेत रहेका नेता गौतमले उप निर्वाचनबाट पछि हट्ने तयारी गरेका हुन्।

रामवीरले नेता गौतमका लागि सिट छोड्न तयार भएको भन्दै राजिनामा दिने घोषणासँगै पद छाड्न तयार रहेको भनी पार्टी कार्यालयमा समेत पत्र थमाएका थिए।

उप चुनाव लड्ने विषयमा गौतमले आज साँझ सचिवालयका नेताहरुसँग छुट्टाछुट्टै संवाद गरेका थिए। उक्त संवाद्मा नेताहरुबाट सकारात्मक प्रतिक्रिया नपाएपछि गौतम चुनाव नलड्ने निश्कर्षमा पुगेको स्रोतको दाबी छ।

२०७५ असोज २५ गते १४:४६ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर