मकवानपुरबाट पर्सा भित्र्याउदै गरेको ६० किलो गाँजा र २० किलो चरेससहित २ जना पक्राउ

आजको खबर   |    प्रकाशित : २०७५ असोज २६ गते ५:०७

पर्सा । पटेर्वासुगौली गाउँपालिका १ बाट प्रहरीले ६० किलोग्राम गाँजाको धुलो र २० किलो चरेससहित दुई जनालाई पक्राउ गरेको छ।

मकवानपुरबाट ल्याई पर्सा भित्र्याउन लागेको अवस्थामा मकवानपुर मनहरी गाउँपालिका–४ का वीरबहादुर मोक्तान र मकवानपुरकै पलासे गाउँपालिका–३ का सूर्यबहादुर स्याङतानलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक सत्यनारायण थापाले जानकारी दिए।

मोक्तान र स्याङतानलाई अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय पर्सामा राखिएको छ।

२०७५ असोज २६ गते ५:०७ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर