केपी ओली नेतृत्वको सरकारले देश र जनताका लागि गर्व गर्न लायक काम गरिरहेको प्रचण्डको दावी

आजको खबर   |    प्रकाशित : २०७५ असोज २६ गते १२:१६

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले सरकारले देश र जनताका लागि गर्व गर्न लायक काम गरिरहेको दावी गरेका छन्।

सरकारको कामलाई लिएर पार्टी भित्रैबाट पनि आलोचना भईरहेका बेला अध्यक्ष दाहालले देश र जनताका लागि ऐतिहासिक तथा गर्व गर्न लायक काम गरेको भन्दै सरकारको बचाऊ गरेका हुन्।

शुक्रबार दसैं, तिहारलगायतका चाडपर्वको अवसर पारेर ललितपुरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उनले सरकारले चीनसँग ऐतिहासिक पारबहनसम्बन्धि सहमति गरेको, भारत र चीन दुवै मुलुकबाट रेल ल्याउने तयारी गरेको, डुबान समस्या समाधानका लागि आवश्यक कदम चालेको लगायतका काम गरेको उल्लेख गर्दैै त्यसले मुलुकको आर्थिक विकासलाई नयाँ युगमा प्रवेश गराउने विश्वास पनि व्यक्त गरे ।

अध्यक्ष दाहालले सरकारलाई असफल बनाउन र दुई पार्टी बीचको एकतालाई तोड्न देशीविदेशी प्रतिक्रियावादीहरुले कसरत गरिरहेको पनि दोहो¥याए ।

बलियो सरकारको राम्रो कामलाई प्रचार गर्न नदिएर प्रतिक्रियावादीहरुले सरकारलाई असफल बनाउन कोसिस गरिरहेको अध्यक्ष दाहालको बुझाई छ । अध्यक्ष दाहालले मुलुकलाई समृद्ध बनाउने अवसरलाई आफूहरुले सदुपयोग गरेर अघि बढने प्रतिवद्धता पनि व्यक्त गरे ।

२०७५ असोज २६ गते १२:१६ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर