क्यान्सर, मधुमेह, कब्जियत, मुटुरोग, मोटोपन देखि सुन्दरताका लागि चमत्कारी ओखती : जमरा !

आजको खबर   |    प्रकाशित : २०७५ असोज २६ गते १३:१९

काठमाण्डौ । हामी हाम्रो माहान चांड दसैंमा टिका र जमरा लाउने गर्छौं । त्यसैले दसैंको घटस्थापनाको दिन हरेक हिन्दुको घरमा जमरा रोपिने गर्छ । दसैँ बाहेक अरु समयमा जमराको प्रयोग गरेको पाइदैन । हाम्रो लागी जमरा निकै उपयोगी छ । यसको जुस बनाएर पिउने गरेमा हाम्रो स्वास्थ्यमा आउने विभिन्न समस्याहरु हराएर जान्छन् । यसको प्रयोगको बारेमा धेरै नेपालीहरुलाई थाहा छैन । यो एमिनो एसिड , प्रोटिनको राम्रो श्रोत हो ।

जमराले पुर्याउने फाइदाहरु यस्ता छन् :

१) क्यान्सरको उपचार- गहुँ को जमराको जुसमा क्यान्सर प्रतिरोधी क्षमता हुन्छ । यसमा रहेको क्लोरोफिलले क्यान्सरको कोशिकालाई बढ्न दिदैन । किमोथेरापी वा रेडियोथेरापीको क्रममा पनि यस्तो रस पिउन सल्लाह दिइन्छ ।

२) मधुमेहका लागि – प्रत्येक दिन जमराको जुस सेवन गर्नाले तपाईको रगतमा चिनीको मात्रालाई सुचारु गर्न सघाउ पुर्‍याउँछ । यसले शरीरमा ग्लुकोज तथा लिपिडको मात्रामा सुधार गर्छ, जसले मधुुमेहलाई सन्तुलित राख्न मद्दत गर्छ ।

३) कब्जियतको उपचार- कब्जियतको समस्या झेलिरहेकाहरुले पनि गहुँ को जमराको जुस सेवन गर्न सक्छन् । यसले शरीरको पाचन क्रिया चुस्त राख्छ ।

४) ब्लड शुगर नियन्त्रण गर्छ- मधुमेह रोगीहरुको लागी यो अमृत सरह हो । यसले रगतमा ग्लुकोजको मात्रा नियन्त्रण गर्छ ।

५) होमोग्लोबिन बढाउँछ – गहुँ को जमराको जुसले शरीरमा रक्त संचार प्रक्रिया चुस्त बनाउँछ । यसले शरीरमा नयाँ रगत बनाउँछ र पुरानो रगत विस्थापित हुन्छ । साथै शरीरमा हेमोग्लोबिनको मात्रा पनि बढाउँछ ।

६) मुटुमा लाभदायक – प्रत्येक दिन गहुँको रसको सेवन गर्नु मुटुका लागि स्वास्थ्यकर मानिन्छ । यसमा भएको क्लोरोफिलले मुटुका धमनी (आर्टरी) कडा हुने समस्या तथा उच्च रक्तचापको समस्याको उपचार गर्नमा मद्दत गर्छ ।

७) छालालाई जवान राख्ने – यदि तपाई आफ्नो छालालाई सधैँ जवान , च्मकिलो राख्न चाहनुहुन्छ भने तपाइको लागी जमराको जुस निकै लाभदायक हुन्छ । यसमा रहेको प्राकृतिक न्यूटि्रशन र एन्टि अक्सिडेन्टले शरीरमा बुढोपन आउन दिदैन । नियमित रुपले यो पेय पिउँदा छाला हाइड्रेट रहन्छ । छालाको दाग, धब्बा पनि हट्छ । चाहुरीपन हट्छ ।

८) केसलाई कालो र स्वस्थ्य बनाउँछ – केस फुल्ने , हाँगा फाट्ने, रुखो हुने, झर्ने जस्ता समस्याको लागी पनि जमराको जुस निकै नै प्रभावकारी मानिन्छ । यदि दिनहुँ गहुँ को जमराको जुस पिउने हो भने केसका यी सबै समस्याहरु हटेर जान्छन् ।

९) मोटोपना हटाउँछ – मधुमेह, मुटु रोग लगायतका विभिन्नखाले गम्भीर रोग लाग्नुको पछाडी मोटोपना मुख्य कारक मानिन्छ । शरीरबाट अतिरिक्त बोसो हटाउन तथा शरीरको तौललाई सन्तुलनमा राख्न गहुँको जमराको जुस सेवन गर्नु उपयुक्त मानिन्छ ।

२०७५ असोज २६ गते १३:१९ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर