मतदाताको घरघरमा किन पुग्दैछन् नेपाली काँग्रेसका नेताहरु ?

आजको खबर   |    प्रकाशित : २०७५ असोज २७ गते ०:३५

काठमाडौं । नेपाली कांग्रेसले कोजाग्रत पूर्णिमाको दिन गरिने चियापान कार्यक्रममा उपस्थित हुन मतदाताका घर–घरमा निम्तो कार्ड पुर्‍याउने भएको छ।

कांग्रेसका जिल्ला सभापतिको अगुवाईमा क्षेत्रीय सभापति, महासमिति सदस्य एवं महाधिवेशन प्रतिनिधि र क्रियाशील सदस्यहरु निम्तो कार्ड लिएर मतदाताका घरघरमा पुग्दैछन्।

दसैंको कोजाग्रत पूर्णिमाको दिन भएको छ।लाई विशेष बनाउनका लागि कांग्रेसले यस पटक वीपी कोइराला भारत निर्वासनबाट राष्ट्रिय मेलमिलपाको नीति लिएर फर्किएपछि २०३४ सालदेखि बर्सेनी कोजाग्रत पूर्णिमाको दिन गर्दै कांग्रेसले चियापान कार्यक्रमलाई यस वर्ष विशेष अभियानका रुपमा मनाउन लागिएको हो।

कोजाग्रत पूर्णिका दिन गरिने चियापान कार्यक्रम तथा असोज २८ गते पार्टीका सबै जिल्ला समितिले महंगी बिरुद्ध जिल्ला प्रशासन कार्यालयमार्फत प्रदेश र केन्द्र सरकारलाई ज्ञापनपत्र बुुझाउनेबारे भइहरेको तयारीका सम्बन्धमा पार्टी कार्यालय सानेपामा आयोजित उपत्यकाका तीनै जिल्लाका सभापति, क्षेत्रीय सभापति एवं भातृसंस्थाका प्रतिनिधिसंग उपसभापति विमलेन्द्र निधि र महामन्त्री पूर्णबहादुर खड्काले छलफल गर्नु भएको थियो।

छलफलमा उपसभापति निधिले घरदैलो अभियानमार्फत मतदातालाई निम्तो दिने कामलाई अभियानका रुपमा लैजान निर्देशन दिए। चाडबाडको मुखमा दैनिक उपभोग्य बस्तुमा गरेको मूल्यबृद्धिले जनतालाई पीडा थपेको भन्दै त्यसकाविरुद्ध एकैदिन प्रदेश र केन्द्र सरकारलाई जिल्ला प्रशासन कार्यालयमार्फत ज्ञापनपत्र बुुझाएर सरकारको ध्यानाकर्षण गराउने कार्यलाई प्रभाबकारी बनाउन पनि निर्देशन दिए।

महामन्त्री पूर्णबहादुर खड्काले चियापान कार्यक्रमलाई व्यबस्थित बनाउन लागि स्वयंसेवकहरुलाई प्रशिक्षण दिन लागिएको जानकारी गराए। उनका अनुसार बिगतको अनुुभबबाट सिकेर थोरै स्वयंसेवक राखी चियापान कार्यक्रम व्यबस्थित गरिनेछ। नेवि संघ, तरुण दल र महिला संघबाट स्वयंसेवक खटाइनेछ।

यसैबीच, केन्द्रमा मात्र मनाउँदै आएको चियापान कार्यक्रम यस बर्ष कांग्रेसले ७५ वटै जिल्लामा मनाउने भएको छ।

२०७५ असोज २७ गते ०:३५ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर