म्याग्दीको गुर्जा हिमाल आरोहणका लागि आधार शिविर पुगेका ८ जना मृत भेटिए

आजको खबर   |    प्रकाशित : २०७५ असोज २७ गते ४:१२

म्याग्दी। म्याग्दीको धौलागिरी गाउँपालिका–१ गुर्जामा रहेको गुर्जा हिमाल आरोहणका लागि आधार शिविर पुगेका ९ जना मध्ये ८ जनाको शव भेटिएको छ।

हिमाल आरोहणका लागि ‘बेस क्याम्प’ पुगेका ५ जना कोरियन र ४ जना नेपाली टोलीमध्ये ८ जनाको सव फेला परेको हो। हिमालको आधार शिविरमा पुगेर बास बसेका आरोही टोली आँधी हुरी र हिमपहिरोको दुर्घटनामा परेको हुनसक्ने धौलागिरी गाउँपालिका–१ गुर्जाका वडा अध्यक्ष झक बहादुर छन्त्यालले जानकारी दिए।

छन्त्यालले भने, ‘आधार शिविरमा उनीहरुको सव अप्ठ्यारो ठाउँमा रहेकाले निकाल्न सकिएको छैन्। उद्धारको लागि पुगेको हेलिकप्टर समेत उद्धारमा कठिनाई देखिएपछि फर्किएको र थप स्रोत र साधन लिएर पुन उद्धारमा जाने तयारी भइरहेको छ।’

यहि असोज २१ गते ७ हजार १९३ मिटर उचाईको गुर्जा हिमाल आरोहणको लागि दक्षिण कोरियाका नागरिक किम चङ होको नेतृत्वमा ४ कोरियन र ३ जना नेपाली टोली आधार शिविरमा पुगेको बताइको छ।

हेलीकप्टरबाट ८ जनाको सव देखिए पनि उद्धारमा कठिनाई भएकाले विस्तृत विवरण आउँन बाँकी रहेको अध्यक्ष छन्त्यालले जानकारी दिए।

२०७५ असोज २७ गते ४:१२ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर