नेपाली कांग्रेसका नेता चक्रप्रसाद बास्तोलाको निधन

आजको खबर   |    प्रकाशित : २०७५ असोज २७ गते ११:२६

काठमाडौं । नेपाली कांग्रेसका नेता चक्रप्रसाद बास्तोलाको निधन भएको छ। ६ वर्षदेखि अर्धचेत अवस्थामा रहेका नेता बास्तोलाको खुमलटारस्थित निवासमै निधन भएको हो। १४ पुस २६९ मा विराटनगरको बन्धु भेलामा सहभागी बास्तोला बेहोस भएका थिए।

मस्तिष्कघातका कारण लामो समय देखि अर्धचेत अवस्थामा रहेका नेता बास्तोलाई शनिवार मात्र अस्पतालबाट डिस्चार्ज गरि घर लगिएको थियो।

नेपालमा प्रजातन्त्र स्थापनाको संघर्षमा महत्वपूर्ण योगदान दिएका नेता बास्तोला कांग्रेसमा खरो बोल्ने नेताको परिचीत छन् ।

एमाओवादीलाई शान्तिपूर्ण राजनीतिमा ल्याउनका लागि सम्पर्क सूत्रको काम गर्नका लागि उनले गिरिजाप्रसाद कोइरालालाई निकै सहयोग गरेका थिए। नेता बास्तोलाको निधनको खबरपछि कांग्रेस नेताहरु अहिले खुमलटारस्थित निवास पुगेका छन्।

२०७५ असोज २७ गते ११:२६ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर