घुस लिँदालिँदै इन्स्पेक्टर र प्रहरी जवान पक्राउ

आजको खबर   |    प्रकाशित : २०७५ असोज २८ गते १३:०९

सुर्खेत । सेवाग्राहीसँग घुस लिँदै गरेको अभियोगमा बाबियाचौर इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक पक्राउ परेका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सुर्खेत कार्यालयबाट खटिएको टोलीले आइतबार सालकोट प्रहरी चौकीबाट रु १५ हजार घुस लिँदै गरेको अवस्थामा प्रहरी निरीक्षक सुशोभन श्रेष्ठसहित प्रहरी जवान तिलक लामिछानेलाई रङ्गेहात पक्राउ गरेको हो।

श्रेष्ठले सुन पसल चोरीसम्बन्धी मुद्दा मिलाइदिने भन्दै सेवाग्राहीबाट घुस मागेका थिए। अख्तियार सुर्खेतका प्रवक्ता जङ्गबहादुर डाँगीले पक्राउ परेका दुवै जनामाथि विस्तृतमा अनुसन्धान भइरहेको बताए।

२०७५ असोज २८ गते १३:०९ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर