अपराधको नयाँ प्रयोग, फेसबुकमै यस्तो

आजको खबर   |    प्रकाशित : २०७५ असोज २८ गते १३:४५

एजेन्सी । के तपाईँले कुनै अपराधीले फेसबुकमा अपराधका लागि ‘सुपारी’ लिएको देख्नु भएको छ वा सुन्नु भएको छ ? यसको उत्तर ‘नाई’ हुन सक्छ ।

तर, भारतको मध्यप्रदेश प्रहरीले एक यस्तै ग्यांगको पर्दाफास गरेको छ । यो समूहले फेसबुक र सामाजिक सञ्जालका माध्यमबाट अपराधको ‘सपारी’ लिने गरेको प्रहरीले दावी छ । प्रहरीले यो गिरोहका १५ जना आरोपीलाई पक्राउ गरेको छ ।

खासमा उज्जैनको अंकपात मार्गमा बस्ने भूपेन्द्र मीणले ४ अक्टुबरमा प्रहरीमा एक मुद्दा दर्ता गराएका थिए । उनले केही केटाहरुले आफ्नो घर

अगाडी गाडीमा आएर एकजनालाई गोली चलाए र चक्कुले पनि प्रहार गरेको मुद्दामा उल्लेख गरेका थिए । उनको सो मुद्दामा प्रहरीले अनुसन्धान गर्दा ८ जना आरोपीलाई पक्राउ गरेको छ ।

सोधपुछमा यस्तो अनौठो गिरोहको खुलासा भयो । समाचारअनुसार पक्राउ परेका ती आरोपीले उज्जैनमा उनीहरुका कयौं साथीहरुले रुपैयाँ र इज्जतका लागि र मानिसमा डर उत्पन्न गराउन फेसबुकमा एक ग्रुप चलाउँने गरेको बताएका थिए । समाचारअुसार उनीहरुले फेसबुकमा हतियार र आफ्नो फोटोसमेत पोस्ट गर्ने र अपराधका लागि सुपारी लिने गरेको प्रहरीले जनाएको छ।

प्रहरीले यो गिरोहले फेसबुकबाटै अपराधका लागि डिलसमेत गर्ने गरेको जनाएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । फेसबुकमै टार्गेट व्यक्तिको पहिचान गर्ने र रेकी गर्ने गरेकोसमेत प्रहरीले जनाएको छ । फेसबुकमै सम्पर्क गरेर अपराध गर्दै आएको सो गिरोह पक्राउ परेको एसपी अतुल सचिनकरले बताए।

प्रहरीले गिरफ्तार गरेका आरोपीबाट हतियारसमेत फेला पारेको थियो । प्रहरीले सो समूहका अन्य व्यक्तिको पहिचानका लागि फेला पार्ने वा सूचना दिने व्यक्तिलाई नगद पुरस्कार दिने घोषणा गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

२०७५ असोज २८ गते १३:४५ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर