पानीपुरी खाँदा एकै पटक ४३ जना विरामी
आजको खबर | प्रकाशित : २०७५ असोज २८ गते १५:०८

काठमाडौं । सुर्खेतको भरी गंगा नगरपालिकाको रामघाटमा पानी पुरी खाँदा ४३ जना विरामी परेका छन्।
विरामी सबैलाई आइतबार साँझ कर्णाली प्रदेश अस्पताल सुर्खेत ल्याइएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख बसन्त रजौरेले डीसीनेपाललाई जानकारी दिए।
अस्पतालमा रहेका प्रहरी नायव उपरिक्षक प्रदिप खड्काले विरामीको अस्वस्था खतरामुक्त रहेको डाक्टरहरुले बताएको जानकारी दिए। डाक्टरहरुले पानी पुरी खाँदा फुडपोइजन भएको बताएका छन्। पानी पुरीमा मिसाइे अखाद्य वस्तुका कारण यस्तो भएको हुनसक्ने डाक्टरहरुले बताएका छन्।
प्रहरीले रामघाटमा सो पानी पुरी बेच्ने व्यक्तिलाई नियन्त्रणमा लिएको छ। पानी पुरी आएपछि एकै गाउँका बालबालिका, महिला र केही युवा विरामी भएपछि गाउँमा त्रास फैलिएको छ।
२०७५ असोज २८ गते १५:०८ मा प्रकाशित