महिलाले पटक पटक यौनसम्बन्ध राख्न माग गरेपछि यी युवाले उठाए यस्तो कदम

आजको खबर   |    प्रकाशित : २०७५ असोज २९ गते १४:१९

एजेन्सी । भारतको महाराष्ट्र राज्यको परभणीमा एक अनौठो घटना सामुने आएको छ । भारतीय सञ्चारमाध्यका अनुसार एउटै अपार्टमेन्टमा बस्ने एक महिलाले एक विवाहित पुरुषसँग लगातार यस्तो माग राखिनकी उनी जिन्दगीदेखि अघाए।

महिलाको माग पुरा गर्न नसकेपछि ती पुरुषले आत्महत्या जस्तो कदम उठाए । ती पुरुषले सुसाइडनोट लेखेर आत्महत्याको कारणबारे पनि लेखेका छन् । जब प्रहरीले सो नोट बढ्यो प्रहरी पनि चकित पर्यो।

समाचारअनुसार घटना परभणीको बसमत रोडस्थित ब्रह्मा अपार्टमेन्टको हो । मृतक सचिन मिटकारीले सुसाइड नोट लेखेर आत्महत्या गरेका हुन् । उनले नोटमा लेखेका छन्, ‘एक महिला लगातार यौन शोषण गरिरहेकी थिइ । उसको पटक पटकको सेक्सको मागले हैरान थिएँ । उसको ब्ल्याकमेलदेखि हैरान भएको थिएँ ।’

नाोटअनुसार महिलाको मागका कारण हैरान भएर आत्महत्या गरेका थिए । मृतकले लेखेका छन्, ‘म सचिन नामदेव मिटकरी यो सूसाईड नोट लेख्दै छु । त्यो महिलाले मेरो जिन्दगी बरबाद गरी । उसलाई थाहा थियो म विवाहित हुँ । यति हुँदाहुँदै पनि शारीरिक सम्बन्धको माग गरिरही । मलाई पटक पटक धम्की दिई र यदि मैले उसको कुरा मानेन भने मेरो वैवाहिक जीवन बरबाद गर्ने बताई ।’

मृतकका अनुसार ती महिलाले मृतकमाथि पनि एक झुटो मुद्दा लगाएकी थिइन्। ती महिलाको शारीरिक सम्बन्ध अरु धेरै केटाहरुसँग पनि छ। यो नोटपछि प्रहरीले ती महिलाविरुद्ध मुद्दा दर्ता गरेको छ । प्रहरीले ती महिलालाई खोजिरहेको जनाइएको छ।

२०७५ असोज २९ गते १४:१९ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर