फ्रान्सको दक्षिण पश्चिममा आँधी, ६ जनाको मृत्यु
आजको खबर | प्रकाशित : २०७५ असोज २९ गते १४:४९

टुलाउज, फ्रान्स । दक्षिण पश्चिम फ्रान्समा आएको आँधीका कारण कम्तीमा छ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। आँधीबाट अडी नदीमा बाढी आएको र सडकहरु भत्किएका छन्। आँधीले कारकासोन सहरमा सबैभन्दा बढी क्षति गरेको छ।
अडी नदीको सतह विगत १०० वर्षकै उच्च विन्दुमा पुगेको अधिकारीहरुले बताएका छन्। कारकासोनको उत्तरी गाउँमा पनि सबै सडक बिच्छेद भएका, स्कुलहरु बन्द भएका र मानिसहरु घरभित्रै रहेका छन्। कोन्कोसका सडकहरुमा ६ फिटभन्दा बढी पानी छ।
२०७५ असोज २९ गते १४:४९ मा प्रकाशित