सरकार असफल भयो – झलनाथ खनाल

आजको खबर   |    प्रकाशित : २०७५ असोज ३० गते १३:२७

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता झलनाथ खनालले जनअपेक्षाअनुसार सरकारले काम गर्न नसकेको टिप्पणी गरेका छन् ।
काठमाडौंमा मगलबार आयोजित शुभ–कामना आदान–प्रदान कार्यक्रममा पूर्वप्रधानमन्त्रीसमेत रहेका खनालले सरकार साना विषयमा अल्झिदा नागरिकमा निरासा बढेको बताए ।

महंगी नियन्त्रणमा ठोश काम नगर्दा उपभोक्ता मारमा परेको र विकास निर्माणका गतिविधि पनि सुस्त हुँदा शक्तिशाली भनिएको सरकार पनि उस्तै रहेछ भन्ने सन्देश जान थालेको उनको भनाइ थियो ।

नेता खनालले संविधान कार्यान्वयमा भने सरकार सफल रहेको दावी गरे । सीमित कमजोरी सुधार्दै जनविश्वास कायम राख्न सरकारले भूमिका बढाउनु पर्ने उनको सुझाव थियो ।

२०७५ असोज ३० गते १३:२७ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर