यस्तो छ कलाकारहरुको दशैं मनाउने योजना

आजको खबर   |    प्रकाशित : २०७५ असोज ३१ गते १६:४८

काठमाडौं । नेपालीहरुको महान चाड दशैंको आफ्नो छुट्टै महत्व छ। यसले टाढा रहेका आफन्त, इष्टमित्रबीच सौहार्दपूर्ण सम्बन्ध स्थापीत गराउँछ। दशैं सुरु भएसँगै वर्षभरीका कामलाई थाती राखि कोहि चंगा उडाउनमा व्यस्त छन् भने कोहि पिङमा मच्चिइरहेका छन्।

शहरमा अस्थाई बसोवास गर्नेहरु दशैं मनाउन गाउँ–घर फर्किएका छन् । दशैंमा मान्यजनबाट आशिर्वाद लिन निधारमा टिका र कानमा जमरा थाप्ने गरिन्छ । आज हामीले नेपाली कलाकारहरुले दशैं कहाँ मनाउँछन् भनी जानकारी लिएका छौं।

पुष्प खड्का

मोडलिङबाट नेपाली चलचित्र नगरीमा जमेका नायक हुन् पुष्प खड्का । उनी यसपाली दशैं मनाउन आफ्नो घर कैलाली गएका छन् । बुबा आमा भारतमा बस्ने र दशैंको छेको पारेर घर आउने भएकाले दशैं परिवारसँगै मनाउन घर गएको पुष्पले जानकारी दिए । दशैंपछि काठमाडौं फर्किएर चलचित्र ‘दाल भात तरकारी’को सुटिङमा व्यस्त हुने उनले बताए।

दिपाश्री निरौला

हास्य कलाकार तथा निर्देशक दिपाश्री निरौलाको जन्मथलो विराटनगर हो । तर उनको बसोवास भने काठमाडौंमा छ । तर उनी हरेक वर्ष दशैं मनाउन विराटनगर जान्छिन् । यस पटक पनि उनी दशैं मनाउन विराटनगर जाने भएकी छिन् । उनले आफ्नो फेसबुक पेजमा एक स्टाटस लेख्दै बिहीबार विराटनगर जाने जानकारी दिएकी छिन् । साथै उनले सबैलाई सिटी सिनेमामा नेपाली चलचित्र ‘छक्का पञ्जा ३’ सँगै हेर्न आग्रह गरेकी छिन् ।

प्रशान्त ताम्राकार

प्रशान्त ताम्राकार भन्ने वित्तिकै सायद नचिन्ने कोही नहोलान् । चलचित्र ‘ऐश्वर्या’बाट एकाएक चर्चामा आएका तम्राकार काठमाडौंका स्थानीय बासिन्दा हुन् । उनले यहि चलचित्रबाट एउटा नयाँ नाम पनि पाएका थिए ‘ह्यान्डसम भ्लेन’ । उनले यसपालीको दशैं काठमाडौंमै मनाउने भएका छन् । आफूभन्दा ठूलाको हातबाट आशिर्वाद लिने र साथीभाईसँग रमाइलो गर्ने उनको योजना छ । दशैं पछि लगत्तै नेपाली चलचित्र ‘मायंका’को शुटिङका लागि पोखरा जाने उनको योजना छ ।

दिपकराज गिरी

हास्य कलाकार तथा निर्माता दिपकराज गिरीले दशैं काठमाडौंमा नै बनाउने भएका छन् । काठमाडौंको थानकोटमा जन्मीएका उनको दशैं सामान्य रुपमा नै बित्ने भएको छ । उनले परिवारसँग बसेर टिका लाउने र सँगै चलचित्र ‘छक्का पञ्जा ३’ हेर्ने सोच बनाएका छन् ।

जितु नेपाल

यसपालीको दशैं जीतु नेपाल पनि सामान्य रुपमा नै मनाउने भएका छन् । उनी पनि यो दशैं परिवारसँग बसेर काठमाडौंमा नै मनाउने भएका छन् । उनको पनि टिकाको कार्यक्रम सकेर परिवारसँग चलचित्र हेर्ने योजना छ ।

शुदर्शन थापा

शुदर्शन थापा ‘प्रेम गीत’, ‘चंखे शंखे पंखे’ ‘रामकहानी’ जस्ता सफल चलचित्रहरुको निर्देशन गरेर सिने नगरिमा छुट्टै पहिचान बनाएका निर्देशक तथा कलाकार हुन् । शुदर्शन थापा काठमाडौंका स्थायी बासिन्दा हुन् । उनले यो दशैं परिवारसँग बसेर काठमाडौंमै मनाउने योजना बनाएका छन् । दशैंमा आफूभन्दा ठूलाको हातबाट आशिर्वाद लिइने भएकाले परिवारमै दशैं मनाउने उनले बताएका छन् ।

दीपिका प्रसाईं

नायिका दीपिका प्रसाई केही दिन अघि नै घर गैसकेकी छिन् । उनी कैलालीको अत्तरीयाकी स्थायी बासिन्दा हुन् । उनी पनि यसपालीको दशैं आफ्नो परिवारसँग मनाउने तयारीमा छिन् । उनी अभिनित दोस्रो चलचित्र ‘छक्का पञ्जा ३’ प्रदर्शनमा छ । उनले चलचित्र ‘ऐश्वर्या’बाट नेपाली सिने क्षेत्रमा प्रवेश गरेकी थिइन् ।

२०७५ असोज ३१ गते १६:४८ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर