प्रधानमन्त्रीको दशैं कार्यक्रम सार्वजनिक, ५ दिनसम्म सर्वसाधारणलाई टिका लगाइदिने

आजको खबर   |    प्रकाशित : २०७५ कार्तिक १ गते ५:३२

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको दशैंको कार्यक्रम सार्वजनिक भएको छ। प्रधानमन्त्री ओलीले विजया दशमीको दिन कार्तिक २ गते बिहान ९ बजेर ४५ मिनेटदेखि १० बजेको बीचमा पिता मोहनप्रसाद ओलीको हातबाट टिकाग्रहण गर्ने छन्।

त्यसपछि बिहान १० बजेपछि प्रधानमन्त्रीको सचिवालयका सदस्यहरुलाई टीका लगाइदिएर दिउँसो १ बजे राष्ट्रपति विद्यादेवी भण्डारीबाट टकिाग्रहण गर्ने कार्यक्रम रहेको छ।

त्यस्तै दिउँसो २ बजे मन्त्री, सांसद, पार्टी नेता तथा निजामति एवं सुरक्षासँग सम्बद्ध उच्चपदस्थ राष्ट्रसेवक–कर्मचारी तथा सुरक्षाकर्मीहरुलाई, अपरान्ह साढे ३ बजे देखि साढे ५ बजे सम्म पार्टी कार्यकर्ता तथा सर्वसाधारणलाई टीका लगाइदिने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ।

त्यसपछि साँझ ६ बजे देखि परिवारका सदस्यहरुले प्रधानमन्त्रीबाट टीकाग्रहण गर्नेछन्। कार्तिक ३ गतेदेखि चतुर्दशी कार्तिक ६ गतेसम्म बिहान ९ बजेदेखि ११ बजेसम्म कार्यकर्ताहरु र शुभचिन्तकहरुले प्रधानमन्त्री हातबाट टीकाग्रहण समय तालिका तय गरिएको छ।

२०७५ कार्तिक १ गते ५:३२ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर