बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा अर्बुद रोग सम्बन्धी नर्सिङ पढाइ हुने

आजको खबर   |    प्रकाशित : २०७५ कार्तिक १ गते ७:१४

चितवन । बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरमा अर्बुदरोगसम्बन्धी नर्सिङ पढाइ हुने भएको छ। पोखरा विश्वविद्यालय र अस्पतालले संयुक्त रुपमा बिएनएस ब्याचलर अफ नर्सिङ साइन्स अंकोलोजी विषयको पढाइ सञ्चालन गर्न लागेका हुन्।

विश्वविद्यालयका स्वास्थ्य सङ्काय डीन डा. खेमराज जोशीका अनुसार भर्ना प्रक्रिया शुरु भइसकेको छ। भर्नाका लागि फाराम वितरण भइरहेको छ। बीस विद्यार्थीलाई नर्सिङ पढाइने उनले बताए।

नेपालमा पहिलो पटक अर्बुदरोगसँग सम्बन्धित नर्सिङ पढाइ शुरु गरिएको उनको जिकिर छ। जोशीका अनुसार विश्वविद्यालयले आङ्गिक क्याम्पसका रुपमा यहाँ पठनपाठन सञ्चालन गर्नेछ।

अस्पतालका कार्यकारी निर्देशक डा. विजयचन्द्र आचार्यले पहिलो दुई वर्ष जनरल नर्सिङ र त्यसपछिको १ वर्ष अर्बुद रोग सम्बन्धी पढाइ गरिने बताए। अस्पतालमै विज्ञ प्राध्यापक भएकाले कार्यक्रम सञ्चालन गर्न सहज हुने उनको भनाइ छ।

प्रमाण पत्र तहको नर्सिङ उत्तीर्ण गरेकाहरुले यस विषयको अध्ययन गर्न पाउने छन्। अस्पतालमा नर्सिङ कार्यक्रम शुरु भएसँगै जनशक्ति अभाव नहुने उनले बताए। यस विषयको पढाइ नहुँदा हाल अस्पतालमा सामान्य नर्सिङ पढेकाहरुबाट काम लिइँदै आएको छ।

२०७५ कार्तिक १ गते ७:१४ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर