पूर्वराजा ज्ञानेन्द्र शाहको हातबाट टिका थाप्न मुस्लिम समुदाय लाइनमा

आजको खबर   |    प्रकाशित : २०७५ कार्तिक २ गते १४:०१

काठमाडौं । पुर्व राजा ज्ञानेन्द्र शाहले सर्वसाधरणलाई टीका लगाएका छन् । हरेक बर्ष जस्तै यस बर्षपनि शुक्रबार निर्मल निवासमा पुर्वराजाले सर्वसाधरणलाई टिका लगाईदिएका हुन् । यसपटक भने निर्मल निवासमा भिन्न दृश्य देखियो।

मुस्लिम समुदायका व्यक्तिहरु पनि राजाको हातबाट टीका र जमरा लगाउनका लागि लामवद्ध भएका थिए । अघिल्लो बर्षको तुलनामा यस बर्ष निर्मल निवासमा टीका लगाउन आउने सर्वसाधरणको भीड भने उल्लेख्य थियो।

अपरान्ह ३ बजे पछि टीका लगाउने कार्यक्रम भएपनि सर्वसाधरण भने १ बजे देखि नै लामवद्ध भएका थिए । गणतन्त्रको स्थापना पछि पनि पुर्वराजाको हातबाट सर्वसाधरणले टीका तथा जमरा लगाउदै आएका छन्।

२०७५ कार्तिक २ गते १४:०१ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर