एक्कासी/तीब्र गतिमा हुने हृदयघात भनेको के हो  र यसका लक्षणहरु  के-के  हुन् जानीराखौं ?

आजको खबर   |    प्रकाशित : २०७५ कार्तिक ४ गते २:२६

(Dr. Thakur Pd. Acharya, Cardiologist Germany)

एक्कासि /तिब्र गतिमा हुने हृदयघात भन्नाले अचानक मुटुको धड़कन बन्द हुनु (Sudden cardiac arrest), हार्ट अटैक एनजाइना भन्ने बुजाई रहेको तिनै वटा अवस्थाको चाडै उपचार गर्न नसकेको अवस्थामा मृत्यु हुने सम्भावना एकदमै धेरै हुन्छ। तिब्र गतिमा हृदयघात हुँदा मुटुको मांसपेशीलाई रगत (अक्सिजन    पोषणयुक्त तत्व ) ट्रान्सपोर्ट गर्ने धमनी पुरै रुपमा वा रगतको गतिलाई अत्याधिक रुपमा असर पार्ने  गरि (significant) बन्द भएको हुन्छ ( Cholesterin Plaque,  Thrombus, Spasm, Aneurysm) जसले गर्दा मुटुको मांसपेशीले  पाउने  इनर्जी पोषणयुक्त तत्वको  कमि हुन जान्छ मांसपेशीमा घात हुन पुग्छ  केहि घण्टा सम्म यो अवस्था रहिरहेमा मांसपेशीको मृत्यु हुन्छ (Myocardial infraction) जसले गर्दा मुटुले राम्रो संग आफु शरीरलाई रगत संचालन गर्न सक्दैन। त्यसैले तिब्र गतिमा हुने हृदयघातलाई चाडै पत्ता  लगाई समयमा नै उपचार गर्न सकेको खण्डमा हृदयघातबाट हुने मृत्युबाट बचाउन सकिन्छ तिब्र गतिमा हुने हृदयघात भएका धेरै मानिसहरुको मृत्यु अस्पताल लैजादा लैजादै , मेडिकल आपतकालीन अवस्थामा , त्यसैगरी उपचार भएको केहि महिना  वा  बर्षमा  हुने गरेको अनुसन्धानका तथ्यांकहरुले देखाउछ  भने केहि बिरामीहरु उपचार पछि सामान्य रुपमा फेरी बाचेका पाइन्छन उनीहरुको शारीरिक अवस्थामा कुनै पनि खराबी देखिदैन पहिलाको जस्तै सामान्य क्रियाकलापहरु गर्न सक्छन तिब्र गतिमा हुने हृदयघात को सबै भन्दा उत्तम  उपचार भनेकै यसका  लक्षणहरु देखा पर्ने बित्तिकै जति सक्दो चाडो  Cath Lab (Heart Catheter Lab) उपलब्ध भएको अस्पतालमा पुराउन सक्नु रगत बोक्ने धमनी ( Coronary Artery) मा भएको  बन्द  वा साघुरो भागलाई खुला गराउन सक्नु हो  ताकी धमनीले फेरी पहिलाकै जस्तै रगतको संचालन गर्न सकोस

के छन् तिब्र गतिमा हुने हृदयघातका  लक्क्षणहरु?

कृपया राम्रो संग पढी  दिनु होला  सकेसम्म आफु अरुलाई तिब्रगतिमा हृदयघात भएको  शंखा लागेमा समयमानै (60-120 min) नजिकैको  Cath Lab उपलब्ध भएको  अस्पतालमा पुर्याउन सहयोग गर्न सबैलाई बिनम्र अनुरोध गर्दछु  Cath Lab भएको अस्पताल टाढा  भएमा जति सक्दो चाडो अनुभबी  चिकित्सककोमा  (Cardiologist and other experience Doctors) पुर्याउन नभुल्नु होला।   अनुभबी चिकित्सकले तिब्र गतिमा हृदयघात भएको (via ECG, Blood test and Echocardiography) अनुमान लगाई  Aspirin (500 mg), Heparin (500IE) र Statin (80mg) औषधि दिएमा मात्र पनि २०२५ % हुने अचानक मृत्यु बाट बचाउन सक्छन। यी औषधिहरु चलाउन अनुभबी चिकित्सकको आवस्यक हुन्छ।

Take home message: छाती दुख्ने कारणहरु धेरै हुन्छन तर बिशेषगरि छातीको  देब्रेपाटो स्तम्बको (Sternum) पछाडिको भागमा मिनेट भन्दा बढी दुख्यो  तपाइलाई साँस फेर्न गारो भयो भने (अचानक काम गरि रहेको बेलामा, तनाब /धपेढी भएको बेलामा , खाना खाइरहेको बेलामा  , वा एकदमै उत्साहित भएको बेलामा ) समयमानै नजिकको अस्पताल वा अनुभबी चिकित्सककोमा गइ  स्वास्थीय जाँच गराउनु होला यो अवस्थामा सहेर वा पर्खेर नबस्नु होला। कृपया पढी सकेपछि सुझाव सल्लाह दिन नभुल्नु होला , साथै यो लेख पेजलाई (https://www.facebook.com/Mednp/) like गरि अझै धेरै प्रोत्साहन गर्दिनु होला सम्पूर्ण  नेपालीहरुमा बिजया दशमी तथा शुभ दिपावलीको हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछु   स्वछ , सफा, मिठो खानु होस् स्वस्थ रहनुहोस धन्यवाद

 

२०७५ कार्तिक ४ गते २:२६ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर