नवलपरासीमा बिहानै बस दुर्घटना, ५ जनाको मृत्यु, ५१ घाईते
आजको खबर | प्रकाशित : २०७५ कार्तिक ४ गते २:४५
प्रतिकात्मक तस्विर
कावासोती। पूर्व पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको मध्यविन्दु नगरपालिका–११ अरुणखोलामा बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ भने कम्तीमा ५१ जना घाइते भएका छन्।
इटहरीबाट भैरहवाका लागि छुटेको लु १ ख ८४५४ नंको बस आज बिहान ५ बजेको समयमा आफैँ अनियन्त्रित भई सडकबाट करीब ३५ मिटर तल खस्दा बसमा सवार ५ जनाको घटनास्थलमा नै ज्यान गएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरीक्षक रमेश थापाले जानकारी दिए। मृतकहरुको नाम, ठेगाना खुल्न नसकेको उनले बताए।
बसको बत्ती मधुरो रहेको र गति तीव्र भएका कारण बस दुर्घटनामा परेको यात्रुलाई उद्धृत गर्दै प्रहरी उपरीक्षक थापाले बताए।
दुर्घटनामा परी घाइते भएका ४२ को भरतपुर र नौ जनाको स्थानीय मेडिकलमा उपचार भइरहेको छ। दुर्घटनाको थप विवरण आउन बाँकी रहेको छ।
२०७५ कार्तिक ४ गते २:४५ मा प्रकाशित