प्रधानमन्त्री ओलीद्वारा एचआइभी सङ्क्रमित बालबालिकालाई टीका

आजको खबर   |    प्रकाशित : २०७५ कार्तिक ४ गते ४:००

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षा सदन कीर्तिपुर, भत्केपाटीमा अध्ययनरत एचआइभी सङ्क्रमित बालबालिकालाई शनिबार दशैँको टीका लगाइदिएका छन्।

सो विद्यालयका २३ जना बालबालिकालाई प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री ओली र उनका धर्मपत्नी राधिका शाक्यले सामूहिक टीका लगाइदिएका हुन्।

सो अवसरमा बालबालिकाले गायनलगायत विभिन्न विधाका कला प्रस्तुत गरेका थिए भने प्रधानमन्त्री ओलीले बालबालिकाको अध्ययनको अवस्था र उनीहरुको आवश्यकताका बारेमा विद्यालयका शिक्षकसँग चासो राखी राम्रो शिक्षा दिन आग्रह गरेका थिए।

२०७५ कार्तिक ४ गते ४:०० मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर