निर्मला हत्याकाण्ड : एसपी विष्ट र इन्सपेक्टर भट्टलाई आज बर्खास्त गर्ने तयारी

आजको खबर   |    प्रकाशित : २०७५ कार्तिक ४ गते ६:०५

काठमाडौं । कञ्चनपुरको भीमदत्तनगर २ मा साउन १० गते बलात्कारपछि हत्या भएको घटनाको अनुसन्धान प्रक्रियामा चरम लापारबाही गरेको भन्दै प्रहरीप्रधान कार्यालयले तत्कालीन कञ्चनपुर प्रहरी प्रमुख एसपी डिल्लीराज विष्टलाई सेवाबाटै बरखास्त गर्ने तयारी गरेको छ।

१४ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनामा प्रहरीले प्रमाण नष्ट गरेको स्थानीयले आरोप लगाएपछि सरकारले उच्चस्तरीय छानविन समिति गठन गरेको थियो।

सो प्रतिवेदनमा एसपी विष्टसहितको प्रहरीले प्रमाण् नष्ट गरेको, अपराध अनुसन्धानमा चरम लापरबाही गरेको निश्कर्ष निकालेको थियो। यस्तै प्रहरी प्रधान कार्यालयले गठन गरेको छानविन समितिले पनि तत्कालीन जिल्ला प्रहरी प्रमुखले अपराध अनुसन्धानमा चरम लापरबाही गरेको प्रतिवेदन दिएपछि प्रधानकार्यालय विष्टलाई सेवाबाटै बरखास्त गर्ने तयारीमा जुटेको हो।

विष्टको बरखास्तीका लागि पठाइएको पत्र गृहमन्त्रालयमा पुगेपछि गृहसचिवस्तरीय निर्णयबाट उनलाई आजै वर्खास्त गर्ने तयारी रहेको बताइएको छ। गृहमन्त्रालयले दशैं पछि विष्टलाई बर्खास्ती गर्ने तयारी गरेको कुरा केहि दिन अघि सञ्चार माध्यममा सार्वजनिक भएको थियो।

प्रहरी नियामवलीअनुसार प्रहरी अधिकृतको बरखास्ती गृह सचिब स्तरीय निर्णयबाट हुने भएकाले प्रधानकार्यालयले गृहलाई पत्र पठाएको थियो।

गत साउन १० गते उखुबारीमा निर्मला पन्तको बलात्कारपछि हत्या भएको अवस्थामा शव फेला परेको थियो। सो घटनामा प्रहरीकै भूमिका शंकास्पद भएपछि वास्तविक दोषी पत्ता लाग्न सकेको छैन । घटना थप रहस्यमय बन्दै गएको छ।

२०७५ कार्तिक ४ गते ६:०५ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर