तनहुँको आँबुखैरेनीमा बस दुर्घटना हुँदा ३३ जना घाइते, चालक फरार

आजको खबर   |    प्रकाशित : २०७५ कार्तिक ४ गते १२:४४

दमौली । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनीमा आज अपराह्न भएको बस दुर्घटनामा ३२ जना घाइते भएका छन्।

लमजुङको बेँसीशहरबाट मुग्लिङतर्फ जाँदै गरेको ना ४ ख ७८४१ नंको बस अनियन्त्रित भई आँबुखैरेनी गाउँपालिका–२ नारीघाटमा सडकबाट १५ मिटर तल खसेको थियो।

घाइते सबैको छिम्केश्वरी अस्पताल आँबुखैरेनीमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय आँबुखैरेनीले जनाएको छ। चालक फरार भने रहेका छन्। प्रहरीले घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ।

२०७५ कार्तिक ४ गते १२:४४ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर