कपिलवस्तुको कृष्णनगरमा कर्फ्यू हटाइयो, जनजीवन सामान्य

आजको खबर   |    प्रकाशित : २०७५ कार्तिक ५ गते ५:४५

कपिलवस्तु । दुर्गा भवानीको मूर्ति सेलाउने क्रममा कपिलवस्तुको कृष्णनगरमा विवाद हुँदा कपिलवस्तु प्रशासनले लगाएको कफ्र्यु आज बिहानदेखि दिउँसो १२ बजेसम्मका लागि कफ्र्यू हटाएको छ।

कर्फ्यु हटेसगैँ जिल्लाको जनजीवन सामान्य हुँदै गएको छ। शुक्रबारदेखि कृष्णनगर तनावग्रस्त बनेको थियो। विवाद तीन दिनसम्म पनि साम्य नभएपछि स्थिति नियन्त्रणमा लिन आइतबार साँझ ५ बजेबाट अनिश्चितकालीन कफ्र्यु लगाइएको थियो।

तीन दिनदेखि रोकिएको मूर्ति विर्सजन कार्य कडा सुरक्षाका साथ मूर्ति विर्सजन गरिएको प्रहरी नायब उपरीक्षक रवि रावलले जानकारी दिए। विगतका दिनमा पनि यस्ता प्रकारका घटना दोहोरिहेकाले चाडपर्वमा प्रहरी प्रशासन संयमित हुनुपर्ने अधिकारकर्मी रामदयाल ठाकुर बताउँछन्।

शुक्रबार नै प्रहरीले विगतका घटनालाई अध्ययन गरी अवस्था आँकलन गरेर कडा सुरक्षामा मूर्ति विर्सजन गर्ने वातावरण सिर्जना गरेको भए यस्तो अवस्था सिर्जना नहुने उनको भनाइ छ।

२०७५ कार्तिक ५ गते ५:४५ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर