नेकपा बैठक : माधव नेपालको असन्तुष्टिमा गम्भीर छलफल

आजको खबर   |    प्रकाशित : २०७५ कार्तिक ५ गते १५:०६

काठमाडौँ । पार्टीका वरिष्ठ नेता माधव नेपालको असन्तुष्टि प्रति गम्भीर छलफल गर्दै नेकपाको सचिवालय बैठक सम्मपन्न भएको छ। आज सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपाको सचिवालय बैठकमा अध्यक्ष ओलीले आगामी दिनमा पार्टीका कुनै पनि निर्णय गर्दा विधि र पद्धति अनुसार गरिने प्रतिवद्धता पनि जनाएका छन्।

वरिष्ठ नेता माधव कुमार नेपालले पार्टी पद्धति र प्रक्रियाबाट नेतृत्व नचलेको, निर्णयहरु पार्टीको विधि र विधान अनुसार नभएको भन्दै असन्तुष्ठीको पत्र नै सचिवालयमा दर्ता गरेपछि अध्यक्ष ओली दबाबमा परेका छन्।

असोजको पहिलो साता बसेको सचिवालय बैठकले प्रदेशका संयोजक तोकेपछि सोही निर्णयप्रति नेता नेपालले असन्तुष्ठी जनाउदै लिखित असहमति पेश गरेका थिए। सचिवालयको बैठकको निर्णय प्रति असहमति जनाउदै माधव कुमार नेपालले राखेको पत्रमाथिको गम्भीर छलफल पछि अध्यक्षले विधि र पद्धतिलाई आगामी दिनमा पालना गरिने प्रतिवद्धता जनाएका हुन्।

नेता नेपालको असन्तुष्ठीको पत्रमाथि बोल्दै अरु सदस्यहरुले पनि पार्टीको विधि पद्धति लगायतका विषयलाई आत्मसाथ गर्न नेतृत्वको गम्भीर ध्यान आकर्षण गराएपछि आगामी दिनमा विधि र पद्धति अनुसार नै चल्ने निर्णय बैठकले गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए। साथै बैठकले श्रेष्ठले प्रवक्ता पदबाट दिएको राजीनामा पनि अस्वीकार गरेको छ।

प्रदेश कमिटीको पुर्णता, जिल्ला कमिटीको एकिकरण लगायतका विषयमा एजेण्डा निश्चित भईसकेकाले त्यस बारेको निर्णय आगामी बैठकमा गरिने भएको छ। अर्को बैठक कार्तिक ७ गते अपरान्ह ३ बजेका लागि बोलाईएको छ।

२०७५ कार्तिक ५ गते १५:०६ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर