काठमाडौंमा साझा यातायातका विद्युतीय बस संचालनमा, प्रधानमन्त्रीले गरे विद्युतीय बसमा यात्रा (फोटोफिचर)

आजको खबर   |    प्रकाशित : २०७५ कार्तिक ६ गते १०:२९

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले विद्युतीय सवारी साधन प्रर्वद्धनका लागि सरकारले छुट्टै  ईकाई नै गठन गर्ने बताएका छन्।

मंगलबार ललितपुरको पुलचोकस्थित हरिहर भवनमा आयोजित एक कार्यक्रममा विद्युतीय बस सेवाको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका छन्।

सन् २०२० सम्ममा २० प्रतिशत विद्युतीय सवारी साधन पुर्याउने लक्ष सहित सरकारले काम गरिरहेको भन्दै उनले त्यसका लागि छुट्टै इकाई नै गठन गरेर संचालन गरिने जानकारी दिए।

 

 

त्यसका लागि विद्युतीय यातायात साधन प्रर्वद्धनका लागि लगानी गर्ने सरकारी निकायबीच छलफल भईरहेको पनि उनले स्पष्ट पारे।

प्रधानमन्त्री ओलीले हालको लागि थोरै संख्यामा विद्युतीय बस संचालन गर्ने प्रयास गरिएको भएपनि यसले दीर्घकालिन रुपमा ठुलो उदेश्य तर्फ संकेत गरेको बताए।

 

 

आफुले अघिल्लो कार्यकालमा नेपालमा वातावरण मैत्री यातायात नीति तर्जुमा गर्नुपर्छ भनेको स्मरण गर्दै उहाँले विद्युतिय यातायातलाई राष्ट्रिय कार्ययोजनाको रुपमा विकास गरेर अघि लैजाने सवालमा विद्युतीयबस संञ्चालनलाई सो कार्ययोजनाको सुरुवातको रुपमा आफुले बुझेको बताए।

 

 

उनले साझा द्धारा काठमाण्डौ उपत्यकामा संञ्चालन गर्न लागिएको बिजुली बस देशव्यापी रुपमा स्वच्छ उर्जाको रुपमा सबैको ध्यान तान्न सक्षम हुने विश्वास आफुले लिएको बताए।

उनले भविश्यमा विद्युतीय बसले मंहगो इन्धनबाट संञ्चालन गर्ने सवारी साधनलाई विस्थापित गर्दै लैजाने बताए।

 

२०७५ कार्तिक ६ गते १०:२९ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर