प्रभासको जन्मदिनको अवसरमा साहो’को यस्तो भिडियो सार्वजनिक !

आजको खबर   |    प्रकाशित : २०७५ कार्तिक ६ गते १५:५०

काठमाण्डौ । ‘बाहुबली’ प्रभासको आज जन्मदिन । आजबाट ३९ वर्ष टेकेका प्रभासको जन्मदिनको अवसरमा आउँदै गरेको फिल्म ‘साहो’को टिजर सार्वजनिक भएको छ । यस भिडियोमा उनको दमदार एक्सनको साथमा यस फिल्म बनाउन लागिपरेका हजारौं मानिसहरुको मेहेनत देखाइएको छ ।

यस पटक प्रभास अलग भूमिकामा देखिएका छन् । यस फिल्ममा सुपर–स्टाइलिश अन्दाजमा आएका प्रभासलाई बलिउड अभिनेत्री श्रद्धा कपूरले साथ दिँदैछिन् ।

प्रभास र श्रद्धाबाहेक यस फिल्ममा ज्याकी श्राफ, नीलनितिन मुकेश, मन्दिरा बेदी, चंकी पाण्डे, महेश मान्जरेकर, अरुण विजय र मुरली शर्माले मुख्य भूमिका निभाउँदैछन् । आउँदो वर्ष २०१९ मा प्रदर्शनमा आउने यस पिल्मलाई सुजीथले निर्देशन गर्दैछन् ।

२०७५ कार्तिक ६ गते १५:५० मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर