न्यायालयमा प्रमाणका आधारमा न्याय सम्पादन गर्न महान्यायाधिवक्ता खरेलको सुझाव

आजको खबर   |    प्रकाशित : २०७५ कार्तिक ७ गते १५:५२

सुरुङ्गा, झापा । महान्यायाधिवक्ता अग्नीप्रसाद खरेलले न्याय सम्पादनलाई देशभर चुस्तदुरुस्त बनाउन स्थानीय तहको सहयोग आवश्यक हुने बताए।

जिल्ला प्रहरी कार्यालय र जिल्ला सरकारी वकिलको कार्यालय झापाले कनकाइ नगरपालिकामा आयोजना गरेको अपराधको स्थिति, कारण र निराकरणमा सरोकारवाला निकायको भूमिका विषयक कार्यक्रमलाई सम्बोधन गर्दै उनले स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिलाई प्रमाणका आधारमा मात्रै न्यायसम्पादन गर्न सुझाव दिए।

“भनसुनका आधारमा अब केही हुँदैन,” महान्यायाधिवक्ता खरेलले भने, ‘तपाईहरु पनि न्यायसम्पादन गर्दा यो दल र त्यो दल नभनी तटस्थ भएर न्यायसम्पादन गर्नुहोस्, यसो गर्दा वास्तविक पीडितले न्याय पाउँछन् र अपराधी उम्कन पाउँदैनन्।

२०७५ कार्तिक ७ गते १५:५२ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर