दशैँपछि पनि यात्रुलाई आवतजावत गर्न सकस

आजको खबर   |    प्रकाशित : २०७५ कार्तिक ८ गते ४:१५

काठमाडौ‌ं। नेपालमा युवा जनशक्ति धेरै छन्। भएको स्रोत साधन परिचालन हुन नसक्दा नेपाली युवा वैदेशिक रोजगारमा जानै पर्ने बाध्यता छ। ‘नेपाल बसे काम छैन काम नगरे माम छैन’ त्यसै भन्छन् ट्रली गुडाउँदै प्रस्थान कक्षमा भेटिने।

नेपालीहरुको महान चाड दशैँ सक्किए लगत्तै वैदेशिक रोजगारीमा जाने युवाको लर्को लाग्न थालेको छ। वैदेशिक रोजगार विभागका अनुसार एक दिनमा कम्तिमा पनि एक दिनमा ८ सय देखि १ हजारसम्म युवाले अन्तिम श्रम स्वीकृति लिएर विदेशिने गरेका छन्।

कतार दुवई, साउदी, ओमान, बहराइन, जापानलगायतका थुपै्र देश नेपालीका लागि गन्तव्य मुलुकका रुपमा रहेका छन्।नेपालमै रोजगारको अवसर भए किन विदेशिनु पथ्र्यो प्रस्थान कक्ष वरीपरि भेटिने नै प्रतिप्रश्न गर्छन्।

वैदेशिक रोजगारका लागि ४० लाख भन्दा बढी नेपाली युवा विदेशिएको सरकारी तथ्यांक छ। बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रस्थान कक्षमा भरिभराउ नेपाली युवाहरु वैदेशिक रोजगारको लागि जान लामबद्ध थिए। महान् चाड दशैँ मनाएर फर्किनेमा कोही विदेश पहिलो पटक जाने सुरसारमा भेटिए भने कतिपय पहिले नै विदेशिएका युवा छुट्टीमा नेपाल फर्किए दशैँ मनाएर फर्कने भेटिए।

धरानका सुजन गुरुङ दशैँ लगत्तै दुवईको लागि पहिलो पटक जाने सुरसारमा थिए। उनले भने– यसपालीको दशैँ मनाएर विदेश जान मिलाएको दशैंको मुखैमा जान आफूलाई पनि नरमाइलो हुन्छ र परिवारमा पनि।’ दुवईमा लेवर कामको लागि जान लागेको बताउने गुरुङ पनि नेपालमै रोजगारीको अवसर सिर्जना हुने भए आफू र आफूजस्ता थुप्रै युवा शक्ति विदेशिनु नपर्ने बताउँछन्।

श्रम मन्त्री गोकर्ण विष्टले अबको पाँच वर्षमा बाध्यकारी वैदेशिक रोजगारको अन्त्य गर्ने बताइ रहँदा युवाहरु भने सरकारको कुरामा ढुक्क छैनन्। यस विषयलाई खण्डन गर्दै २८ वर्षका बताउने सर्लाहीका पंकज गुप्ता भन्छन्–सरकारले कुरामात्रै गरेको छ। सरकारले नेपालमा रोजगारको व्यवस्था गर्न सकेको छैन। हामी कामका लागि सधैं विदेश नै जानुपर्छ।’

उनले आफू साउदी जान थालेको ७ वर्ष भइसकेको उल्लेख गर्दै फेरि साउदी जाने बताए। पंकज साउदीमा ड्राइभिङ काम गर्छन्। काम अनुसारको कमाइ पनि रामै्रै भएको बताउने उनी नेपालमै रोजगारीको अवसर भएको भए आफूलाई घरपरिवार छाडेर विदेशिनु कुनै रहर नभएको बताउँछन्।

महिला तथा पुरुष नेपाली युवाहरु खाडी लगाएतका मुलुकमा ठूलो संख्यामा विदेशिएका छन्। खाडी मुलुकमा कम लागत लाग्नेहुदाँ जस्तै जोखिम मोल्न पनि तयार भएर विदेशिन बाध्य भएको उनीहरु नै गुनासो गर्छन्।

वैदेशिक रोजगारको लागि खाडी दुवई, ओमान, बहराइन लगायतका मुलुकमा नेपाली महिलाहरु पनि थुप्रै रोजगारीको लागि जाने गरेका छन्। वैदेशिक रोजगार विभागको तथ्यांक अनुसार गत भदौ महिनामा मात्र रोजगारीकै शिलशिलामा २ हजार भन्दाबढी महिला विदेशिएका छन्।

श्रीमान्ले छाडेका, श्रीमान् बितेका र घरपरिवार छोराछोरी आफैले सम्हाल्नुपर्ने अबस्थाका महिला वैदेशिक रोजगारमा जाने गरेको एक तथ्यांकले देखाएको छ।

बुधबार ट्रली गुडाउँदै विमानस्थलको प्रस्थान कक्षमा भेटिएकी धादिङकी प्रतिमा अर्याल पनि रोजगारको लागि ओमान जाने सुरसारमा थिइन्। प्रतिमाका एक छोरा र एक छोरी छन्। श्रीमानले दास्रो विवाह गरेर भारत गएपछि आफू र छोराछोरीको लागि विदेशिनु परेको गुनासो गर्छिन् उनी।

ओमानमा गार्मेन्टमा काम गर्ने बताउने प्रतिमा दशैँ मनाउन छुट्टीमा नेपाल आएकी हुन्। एक महिनाको छुट्टी दशैँमा नै परेकोले दशैँ मनाउन पाएकोले खुसी भएकी उनी दशैँ लगत्तै फर्किहाल्नु पर्दा दुखी पनि थिइन्। आँखा भरि आँशु पार्दै उनले भनिन्, ‘मैले धेरै पढेको पनि छैन। हामी जस्तालाई नेपालमा काम पनि छैन।

छोराछोरीको जिम्वेवारी आफैंले लिनु परेपछि विदेशिनु पर्ने बाध्यता नै भयो अनि ओमान गए।’ उनी पनि मासिक ४० देखि ४५ हजार सम्म कमाइ हुने बताउँछिन्। थुप्रै नेपाली युवाहरु वैदेशिक रोजगारको बाध्यकारी यात्रा तय गर्न बाध्य छन्। अझ दशैँ लगत्तै विदेशिनेहरुको संख्या पनि ह्वात्तै बढेको छ।

२०७५ कार्तिक ८ गते ४:१५ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर