मकवानपुरबाट २० प्रतिशत फूल तिहारलाई

आजको खबर   |    प्रकाशित : २०७५ कार्तिक ८ गते १०:०३

हेटौँडा। प्रदेश नं ३ को मकवानपुर जिल्लाको उत्तरी भेगमा पर्ने भीमफेदी, इन्द्रसरोवर, राक्सीराङ्ग, कैलाश र मकवानपुरगढी गाउँपालिका तथा थाहा नगरपालिकाका विभिन्न वडामा स्थानीय कृषकले व्यावसायिक रुपमा फूलको उत्पादन शुरु गरेका छन्।

ती क्षेत्रका कृषकले सयपत्री, मखमली, चमेली, गोदावरी र पारिजात नामका फूलखेती गरेका छन्। ती फूल अहिले काठमाडौँ, ललितपुर कास्की, रुपन्देही, चितवन र मकवानपुरका बजारमा बिक्रीवितरण भइरहेकोे छ। मकवानपुरको उत्तरी भेगमा व्यावसायिक हाल तीन हजार ७३४ हेक्टर जग्गामा कृषकले पुष्पखेती गरेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ।

एक याममा प्रत्येक कृषकले पुष्पखेतीबाट आफ्नो खर्च कटाएर करीब रु डेढ लाखदेखि दुई लाख ५० हजारसम्म आम्दानी गरेको इन्द्रसरोवर गाउँपालिका वडा नं ६ का अगुवा कृषक भीमप्रसाद देवकोटाले जानकारी दिए।

प्रत्येक पुष्पगुच्छाको रु ५० देखि रु १०० सम्म र माला रु ७५ देखि रु २०० सम्ममा काठमाडौँबाट तराई जाने यात्रु र तराईबाट काठमाडाँैँ जाने यात्रुलाई पायक पर्ने होटल र तरकारी पसलमा बिक्रीवितरण भइरहेको थाहा नगरपालिका–७ का अगुवा कृषक कृष्णदेव आचार्यले बताए।

जिल्लाको उत्तरी भेगमा व्यावसायिक पुष्पखेतीलाई कृषकमा प्रभावकारी तुल्याउन र उनीहरुको जीवनस्तर माथि उठाउने लक्ष्यका साथ चालू आवदेखि आवश्यक प्राविधिक, स्रोत साधन उपलब्ध गराइने तयारी भइरहेको थाहा नगरपालिकाका प्रमुख लवशेर विष्टले बताए।

तिहारमा काठमाडौँका उपभोक्तालाई मकवानपुरमा उत्पादित उन्नत पुष्पखेतीबाट करीब २० प्रतिशत आपूर्ति हुने जिल्ला समन्वय समितिका सामाजिक विकास अधिकृत रामकृष्ण थापाले जानकारी दिए। रासस

२०७५ कार्तिक ८ गते १०:०३ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर