काठमाडौँको दरबारमार्गमा जुवा खेल्दाखेल्दै एक जनाको मृत्यु

आजको खबर   |    प्रकाशित : २०७५ कार्तिक ८ गते १४:२६

काठमाडौँ । काठमाडौँको दरबारमार्गस्थित रोयल क्यासिनोमा जुवा खेलिरहेको अवस्थामा एक्कासी बेहोस् भएका एक जनाको ज्यान गएको छ।

सिराहाकाको लहान स्थायी घर भएका बुद्धिलाल शाहको उपचारका क्रममा अस्पतालमा ज्यान गएको प्रहरीले जनाएको छ।

काठमाडौँको रोयल क्यासिनोमा जुवा खेलिरहेका बेला एक्कासी बेहोस् भएका शाहलाई उपचारका लागि काठमाडौँ मोडेल अस्पताल लगिएको र उपचारका क्रममा उनको मृत्यु भएको प्रहरी हवलदार दान बहादुर बुढाले डिसीनेपाललाई बताए।

मृत्यु संकास्पद रहेको भन्दै घटनाबारे थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ।

२०७५ कार्तिक ८ गते १४:२६ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर