निर्मला हत्या प्रकरण : एसपी विष्ट र इन्स्पेक्टर भट्टराईको जागिर गयो

आजको खबर   |    प्रकाशित : २०७५ कार्तिक ८ गते १५:३७

काठमाडौं । निर्मला पन्त हत्या प्रकरणमा लापरबाही गरेको भन्दै २ जना प्रहरी अधिकारीलाई बर्खास्त गरेको छ।

गत साउन १० गते भएको बलात्कार पछि हत्या भएकी १३ वर्षीया बालिका निर्मला पन्तको अवस्थालाई बुझ्न पनि आनाकानी गरेको भन्दै सुरुदेखि नै प्रहरी प्रमुखको विरोध हुँदै आएको थियो।

लामो अनुसन्धान गरेर अन्तिममा नक्कली हत्यारा दिलिप सिंह बिष्टलाई सार्वजनिक गरेपछि वास्तविक हत्यारालाई लुकाउन खोजिएको भन्ने आरोप लाग्दै आएको थियो। त्यसपछि एसपी विष्ट र प्रहरी निरीक्षक जगदीश भट्टलाई निलम्बनमा पनि पारेको थियो। हत्यारालाई लुकाउन निकै संघर्ष गरेको भन्दै निलम्बित विष्ट र भट्टलाई केहीदिन अगाडी प्रहरी प्रधान कार्यालयले गृहमन्त्रालयलाई बर्खास्त गर्न सिफारिस समेत गरेको थियो।

त्यसै अनुरुप निलम्बित एसपी र इन्स्पेक्टरलाई सफाइ गर्ने मौका समेत दिइएको थियो। त्यसमा पनि उनीहरुले चित्त बुझ्दो जबाफ नदिएपछि बर्खास्त गरेको विज्ञप्ती मार्फत गृह मन्त्रालयले सार्वजनिक गरेको छ।

 

२०७५ कार्तिक ८ गते १५:३७ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर