भ्रष्टाचारको अभियोगमा भारतीय कांग्रेसका अध्यक्ष राहुल गान्धी पक्राउ

आजको खबर   |    प्रकाशित : २०७५ कार्तिक ९ गते १३:३५

एजेन्सी। कांग्रेस आइका अध्यक्ष राहुल गान्धी गिरफ्तार भएका छन् । राहुलले सरकारविरुद्ध प्रदर्शनपछि आफैं गिरफ्तारी दिएका हुन् ।

भ्रष्टाचारको अभियोगमा मुछिएका भारतीय अपराध अनुसन्धान एजेन्सी सीबीआइ प्रमुख आलोक वर्मालाई विदामा पठाउने सरकारको निर्णयको विरोधमा उत्रिएको कांग्रेसको प्रदर्शनपछि राहुलले स्वयं गिरफ्तारी दिएका हुन् । कांग्रेसले शुक्रबार देशैभरी प्रदर्शन गरेको थियो । दिल्लीमा भएको प्रदर्शनको नेतृत्व अध्यक्ष राहुल गान्धीले गरेका थिए ।

राहुलले स्वयं गिरफ्तारी दिएपछि उनलाई लोधी रोड पुलिस स्टेशनमा राखिएको थियो । पछि उनलाई रिहा गरियो । बाहिर आएपछि राहुलले प्रधानमन्त्री नरेन्द्र मोदीलाई लक्षित गर्दै भने ‘प्रधानमन्त्री भाग्न सक्छन्, लुक्न सक्छन् तर सत्य बाहिर आएरै छाड्छ ।’

फ्रान्ससँग राफेल विमान किन्ने मोदी सरकारको निर्णयमा घोटाला भएको विषयमा सिबीआइले अनुसन्धान गरिरहेको र सोही घोटालाको पोल खुल्ने डरले वर्मालाई जिम्मेवारीबाट हटाउने मोदी सरकारले निर्णय गरेको कांग्रेसले आरोप लगाउँदै आएको छ । राफेल विमान किन्दा अनिल अम्बानीको कम्पनीलाई ३५ प्रतिशत कमिशन दिने सरकारले निर्णय गरेको समेत कांग्रेसले दावी गरेको छ।

२०७५ कार्तिक ९ गते १३:३५ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर