हतियारसहित नेपाली छिरेका भारतीय नागरिक पक्राउ

आजको खबर   |    प्रकाशित : २०७५ कार्तिक १० गते १५:१८

वर्दिया । नेपालमा पछिल्लो समयमा हतियार सहित नेपाल भित्रिने नागरिकको संख्या बढ्दै गएको छ। त्यसै क्रममा बर्दीयामा शनिबार कटुवा पेस्तोल सहित एक भारतीय नागरिक फेरी पक्राउ परेका छन्।

पक्राउ पर्नेमा भारतको बहराईच थाना मोतीपुर तहसिल नानपाराग्राम बलई गाउँ बस्ने ३० वर्षीय जेहरुदिन जागालाई कटुवा पेस्तोल १ थान र गोली १ राउण्ड सहित प्रहरीले पक्राउ गरेको हो।

शनिबार वर्दिया बढैयाताल गाउँपालिका ७ तिलकाना चोकमा ईलाका प्रहरी कार्यालय मैनापोखरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनलाई उक्त हतियार सहित फेला पारी पक्राउ गरेको हो।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

२०७५ कार्तिक १० गते १५:१८ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर