चामलको प्याकेट खोल्दा निस्कियो यस्तो चिज, सबैजना आत्तिएर चिच्याए
आजको खबर | प्रकाशित : २०७५ कार्तिक ११ गते ७:१६

एजेन्सी। जर्मनीका एक व्यक्तिको होस त्यतिबेला उड्यो जब उनले आफ्नो घरमा राखिएको चामलको प्याकेट खोले । प्याकेट खोल्नासाथ भित्र जुन कुरा देखियो त्यो देखेर उनी आत्तिएर चिच्याए । सामाजिक संजालमा भाइरल भइरहेको चामलको तस्वीरमा त्यहाँ चामलसँग केही फोहर चीज पनि मिसिएको छ ।
समाचारअनुसार रिचर्ड लिच नामका व्यक्तिले गोल्डन सन पुलाव चामलको एक तस्वीर सामाजिक संजालमा पोस्ट गरेका छन् । जहाँ उनले चामल कम्पनीलाई भनेका छन् ‘म यो सोध्न चाहन्छु कि मेरो चामलको प्याकेटमा यो मुसा कहाँबाट आयो ? यो प्याकेट खोल्नासाथ पूरै घरमा दुर्गन्ध फैलिएको बताइएको छ । यसको दुर्गन्धका कारण उनकी पत्नीले लगातार बान्ता गर्न थालिन् ।
२०७५ कार्तिक ११ गते ७:१६ मा प्रकाशित