नेपालीहरुको रगत र पसिना मिसिएको विश्वकै लामो समुन्द्री पुल (भिडियो)
आजको खबर | प्रकाशित : २०७५ कार्तिक ११ गते ७:४१

काठमाडौँ। हङकङ, मकाउ र जुहाई जोड्ने ५५ किलोमिटरको विश्वकै लामो समुद्री पुललाई चिनियाँ राष्ट्रपति शी जिनपिंगले गत मङ्गलवार उद्घाटन गरेपछि विश्वभर यसले चर्चा पाएको छ। चर्चामात्र होइन चीनको यो लोभलाग्दो प्रगति देखेर विरोधीहरूले यो मेघा प्रोजेक्टको निकै आलोचनासमेत गरेका छन्।
यो मेघा ब्रिज बनाउन नेपालीहरूको धेरै ठूलो योगदान रहेको छ। समुद्र मुनिबाट जग खनेर पिलर उठाउनेदेखि प्रोजेक्ट निर्माणको अन्तिम समयसम्म नेपालीले रगत र पसीना बगाएका छन। यो प्रोजेक्ट सम्पन्न गर्न झण्डै ५ हजार नेपालीले रगत र पसिना मात्र बगाएका छैनन, एक जना नेपाली युवक अरनोल, (अनिल) गुरुङले आफ्नो ज्यानै गुमाए। कति घाइते भए, केही अंगभंगसमेत भए।
थप जानकारीको लागि भिडियो हेर्नुहोस ।
२०७५ कार्तिक ११ गते ७:४१ मा प्रकाशित