किसानले आफ्नो आम्दानी बढाउँनको लागि पार्छन गाईको पेटमा प्वाल

आजको खबर   |    प्रकाशित : २०७५ कार्तिक ११ गते ८:५५

एजेन्सी। स्विटजरल्याण्डका खेतमा केही विचित्रका गाई देख्न पाइन्छ। जसलाई देख्दा मानिसलाई पीडा पनि हुन्छ। यी गाईको पेटमा एउटा प्वाल हुन्छ। जुन प्वालमार्फत गाईको पेटभित्र हात घुसाउन सकिन्छ।

गाईको पेटभित्रका भागलाई राम्रोसँग बुझ्न र कुनै पनि समस्या भयो भने गाईलाई सहयोग गर्नको लागि गाईको पेटमा प्वाल बनाइएको हो। यद्यपी आवश्यक काम पूरा भएपछि उक्त प्वाललाई फेरि बन्द गरिन्छ।

स्विटजरल्याण्डमा गाईलाई कुनै रोग वा समस्या भयो भने त्यसको उपचारकालागि किसानले अगल अगल तरिका अपनाउने गरेका छन्। जसका विषयमा जानकारी पाएपछि मानिसहरु चकित हुन्छन्।

गाईको उपचारकालागि गाईको पेटमा प्वाल पारिन्छ। गाईको पेटमा प्वाल पार्ने प्रोसेसलाई ‘रुमेन फिस्टुल्स’ भनिन्छ। यस क्रममा गाईको पेटमा एकातर्फबाट प्वाल पारेर त्यसमा एक नली राखिन्छ, जुन पेटसम्म पुग्छ। गाईको पेटमा पाइट हालेपछि त्यसको माथी रवरको ग्यास्क्टि लगाइन्छ, ताकि त्यसको मुख खुला नै रहोस्। त्यसबाहेक प्वालको मुख बन्द गर्न एक विशेष प्रकारको क्याप बनाएर त्यो नलीमा सिलाइ दिइन्छ।

यो विधि अपनाइसकेपछि केही दिनभित्रै गाईको घाउ पनि ठिक हुन्छ र गाईको शरीर पनि सिस्टमसँग एडजस्ट हुन्छ। त्यसपछि किसान र डाक्टरलाई पनि गाईको हेरविचार गर्न सजिलो हुन्छ।

२०७५ कार्तिक ११ गते ८:५५ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर