प्रधानमन्त्री ओलीको स्वास्थ्यमा सुधार

आजको खबर   |    प्रकाशित : २०७५ कार्तिक ११ गते १०:४२

काठमाडौं। दुई दिनदेखि अस्वस्थ रहेका प्रधानमन्त्री केपी ओलीको स्वास्थ्यमा क्रमिक सुधार आएको छ। दुई दिनदेखि मौसमी रुघाखोकी र ज्वरो आएपछि चिकित्सकको सल्लाह अनुसार निवासमै आमार गरिरहेका प्रधानमन्त्रीको ओलीको स्वास्थ्यमा सुधार आएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले आइतबार एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीको स्वास्थ्यमा सुधार आएको जानकारी दिएका हुन्। प्रेस सल्लाहकार अर्यालले जारी गरिएको विज्ञप्तिमा भनिएको छ–’मौसमी रुघाखोकी र हल्का ज्वरोबाट सामान्य अस्वस्थ हुनुभएका कारण चिकित्सकको सल्लाहबमोजिम विगत दुई दिनदेखि नियमित भेटघाट र बैठकबाट टाढा रही निवासमै आराम गरिरहनुभएको छ ।’

प्रधानमन्त्रीको स्वास्थ्यमा सुधार आएपछि आइतबार दिउँसो तीन बजे प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद वैठक बस्ने भएको छ।
संक्रमण बढ्नसक्ने भन्दै सचेत रहन डाक्टरले सल्लाह दिएपछि ओली शनिवारको नेकपाले आयोजना गरेको चियापान कार्यक्रममा सहभागी भएका थिएनन्।

२०७५ कार्तिक ११ गते १०:४२ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर