६५ पटक छुट्टाछुट्टै पुरुषसँग मनाइन् सुहागरात, ६६ औं पटक भयो यस्तो………

आजको खबर   |    प्रकाशित : २०७५ कार्तिक ११ गते १२:२८

पछिल्लो समय कहिलेकाहीँ यस्ता समेत घटना हुन्छन् जसलाई विश्वास नै गर्न सकिन्न । त्यस्तै घटना यी महिलाको कर्तुतको छ जसको बारेमा जान्दा तपाइँको होस उड्नेछ । यी महिलाले ६५ पटक फरक फरक पुरुषसँग बिहे गरिन् र सबैसँग सुहागरात मनाइन् । तर, ६६ औं पटक भने यस्तो भइदियो कि उनी प्रहरीको फन्दामा परिन् । घटना भारतको उत्तराखण्डको भएको भारतीय मिडियाले जनाएका छन् । यी महिलाले ती ६५ जना पुरुषसँग बिहे गरेर उनीहरुलाई ठगेर भागेकी थिइन् । ६६ औं व्यक्तिलाई ठगेर भाग्ने प्रयासमा उनी प्रहरीको फन्दामा परेकी हुन् ।

उत्तराखण्डको सिभिल लाइन्स चौकीका प्रहरी अधीक्षक मणिकान्त मिश्राका अनुसार धनौरी निवासी अशोक कुमारले यस विषयमा उजुरी दिएका थिए । अशोकले उजुरीमा उल्लेख गरेअनुसार हरिद्वारको ज्वालापुरको मोहल्ला कडच्छ निवासी मुकेशले कोटद्वार निवासी पुजा नामकी युवतीसँग अशोकको बिहे पक्का गराएका थिए । युवतीको परिवार गरिब भएको बताएर ५० हजार रुपैयाँ बिहेको लागि सापटी लिए । २ अप्रिलमा पुजा र अशोकको बिहे गराइयो । बिहेमा केही व्यक्तिहरु सहभागी थिए जसलाई पुजाका आफन्त बताइएको थियो । बिहेमा पुजाका कथित पिता महेन्द्र पाल पनि सहभागी थिए । तर, बिहेको पहिलो रातमै पूजा घरका बहुमूल्य सामान लिएर फरार भइन् ।

प्रहरी अनुसन्धानमा पूजा नामकी ती महिला र मुकेश पति पत्नी भएको खुलेको छ । उनीहरु बिहे गर्न चाहने युवकको खोजी गर्थे । मुकेशले युवती गरिब भएको बताएर बिहेको कुरा अगाडि बढाउँथे । भोपाल नामका व्यक्ति युवतीका पिता र अरुण नामका व्यक्ति युवतीका दाजु बन्थे । मन्दिरमा बिहेपछि पूजा भनिने रितालाई विदा गरिन्थ्यो । बिहेको रातमै उनी घरका बहुमूल्य सामान लिएर फरार हुन्थिन् । यसैगरी उनीहरुले ६५ जनासँग बिहे गरेर सामान चोरीसकेका थिए ।

२०७५ कार्तिक ११ गते १२:२८ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर