अर्को वर्ष बिवाह गर्दै सलमानकी भाउजु मलाइका र अर्जुन कपुर

आजको खबर   |    प्रकाशित : २०७५ कार्तिक ११ गते १२:३६

काठमाण्डौ । बलिउडको एक लभ कपल चाँडै विवाहको मिति घोषणा गर्ने तयारीमा छन् । अहिलेसम्म मिडियासँग लुकामारी गर्दै आएका लभ बर्ड्स मलाइका अरोडा र अर्जुन कपूर चाँडै आफ्नो सम्बन्धलाई विवाहमा परिणत गर्दैछन् ।

खबरका अनुसार, उनीहरु चाँडै आफ्नो विवाहको औपचारिक घोषणा गर्दैछन् र विवाह बन्धनमा बाँधिनेछन् । गएको मंगलवार मलाइकालाई आफ्नो ब्वाईफ्रेण्डसँग एयरपोर्टमा स्पोट गरिएको थियो । दुबै इटलीबाट मलाइकाको ४५ औं जन्मदिन सेलिब्रेट गरेर फर्किएका थिए ।

उनीहरुले केही दिन अगाडि एक टिभी शोमा पनि एकसाथ हात समातेर ईन्ट्री लिएका थिए भने रियलिटी टिभी शो ‘इन्डियाज गट ट्यालेन्ट-८’ मा एकसाथ डान्स गरेका थिए ।

२०७५ कार्तिक ११ गते १२:३६ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर