राष्ट्रपति भण्डारी औंपचारिक भ्रमणका लागि सोमबार कतार जाँदै

आजको खबर   |    प्रकाशित : २०७५ कार्तिक ११ गते १२:४१

काठमाडौँ। राष्ट्रपति भण्डारी सोमबार कतारको औंपचारिक भ्रमणमा जाँदैगर्ने भएकी छन्।

आइतबार अपरान्ह बसेको मन्त्रिपरिषद बैठकले कतारका अमिर सेख तमिम विन हमाम अल थानीको निमन्त्रणामा सोमबारदेखि राष्ट्रपति भण्डारीको ३ दिने कतार भ्रमण स्विकृत गरेको हो।

राष्ट्रपति भण्डारीको कतार भ्रमणको मुख्य उद्देश्य दुई देशबीचको सम्बन्ध र सहयोग विस्तार रहेको सरकारका प्रवक्ता एवम् संचार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले जानकारी दिए।

राष्ट्रपति भण्डारीको भ्रमणका क्रममा नेपाल–कतारबीच कृषि तथा पशुपंक्षी, स्वास्थ्य, सुरक्षा, प्रेस तथा सूचना र कुटनीतिक राहदानी सम्बन्धि छुट्टाछुट्टै समझदारी पत्रमा पनि हस्ताक्षर हुनेछ।

मन्त्रीपरिषद बैठकले नेपाल र मलेसिया बीच कामदार भर्ना तथा रोजगारी सम्बन्धि समझदारी पत्रमा हस्ताक्षर गर्ने अख्तियारी श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टलाई दिएको छ।

त्यसैगरी बैठकले गोर्खापत्र संस्थानका महाप्रबन्धक बसन्तप्रकाश उपाध्यायलाई पदमुक्त गर्ने निर्णय पनि गरेको प्रवक्ता बास्कोटाले जानकारी दिए।

सरकारले सबै सरकारी निकायमा विद्युतीय प्रणालीबाट पत्राचार गर्न विद्युतीय पत्राचार व्यवस्थापन निर्देशिका पनि नेपाल राजपत्रमा प्रकाशित गर्ने निर्णय गरेको छ।

२०७५ कार्तिक ११ गते १२:४१ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर