सामान्य प्रशासन मन्त्रालय अगाडि अस्थायी कर्मचारीको धर्ना

आजको खबर   |    प्रकाशित : २०७५ कार्तिक ११ गते १२:४९

काठमाडौं। अस्थायी, करार तथा ज्यालादारी कर्मचारीहरुले स्वतः स्थायी गर्न दवाव दिँदै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा धर्ना दिन सुरु गरेका छन्।

स्वतः स्थायी गर्नुपर्ने मागसहितको ज्ञापन पत्र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितलाई बुझाउन आइतबार मन्त्रालय पुगेका उनीहरुले मन्त्रीसँग भेट नपाएपछि मन्त्रालय अगाडि नै धर्ना दिन सुरु गरेका हुन्। ३० वर्षसम्म सरकारी सेवा गरेका आफूहरुको मागलाई सम्बोधन गर्न सरकार तयार नभएपछि मन्त्रालय अगाडि नै धर्ना दिन बाध्य हुनु परेको अखिल नेपाल सरकारी अस्थायी, करार तथा ज्यालादारी कर्मचारी श्रमिक संघका उपाध्यक्ष कुमार राउतले बताए।

उनले आफूहरुको माग सम्बोधन नभएसम्म सरकारविरुद्ध कडा आन्दोलन गर्न बाध्य हुने चेतावनी दिए। अस्थायी, करार तथा ज्यालादारीमा काम गरिरहेका कर्मचारीहरुले स्वतः स्थायी गर्ने आफूहरुको माग सम्बोधन गर्नुको साटो सरकारले स्वच्छिक अवकाशको प्रस्ताव ल्याएकोमा आपत्ति जनाउँदै आइतबारबाट दैनिक एक घण्टा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अगाडि धर्ना दिन सुरु गरेका छन्। उनीहरुले आफूहरुको माग सम्बोधन नभए छठ पछिबाट देशभर आन्दोलनको कडा कार्यक्रम संचालन गर्ने घोषणा पनि गरेका छन्।

२०७५ कार्तिक ११ गते १२:४९ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर