एएफसी यू-१९ छनोटमा नेपालको सानदार जित : नेपालले ९ गोल गर्दा पाकिस्तानको ‘शूल्य’

आजको खबर   |    प्रकाशित : २०७५ कार्तिक ११ गते १४:०१

काठमाडौं। एएफसी अन्डर १९ छनोट च्याम्पियनसिपमा नेपालले पाकिस्तानलाई विशाल अन्तरले पराजित गरेको छ । थाईल्याण्डको चोनबुरी रंगशालामा आइतबार भएको समूह चरणको तेस्रो खेलमा नेपालले पाकिस्तानलाई ९-० गोल अन्तरले पराजित गरेको हो।

नेपालका लागि निशा थोकरले ह्याट्रिक गरिन्। उनले ५७, ७४ र ८५ मिनेटमा गोल गरिन्। पुजा रानाले ४८ र ५४ मिनेटमा गरी २ गोल गरिन् । मन्जली कुमारीले २ मिनेटमै गोल गरेर नेपाललाई अग्रता दिलाएकी थिइन् । सम्झना लावतीले ३२, एलिसा जिम्बाले ३७ र सारा लिम्बुले ८९ मिनेटमा गोल गरिन्।

जीतसंगै नेपालको अघिल्लो चरण प्रवेशको लागि बलियो दावेदार बनेको छ। नेपालको अघिल्लो चरण प्रवेशको निर्णय भारत र थाइल्याण्डबीचको खेलको नतिजाने निर्धारण गर्नेछ।

२०७५ कार्तिक ११ गते १४:०१ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर