गल्छीमा ब्याग गर्दा ट्रक दुर्घटना, एक जनाको मृत्यु

आजको खबर   |    प्रकाशित : २०७५ कार्तिक ११ गते १४:४३

धादिङ । गल्छी गाउँपालिका वडा नं ७ मछेडीखोला घिमिरेथुम्का सडकमा आज सवारी दुर्घटना हुँदा एक जनाकोे मृत्यु भएको छ।

सुमारा गाउँबाट पृथ्वीराजमार्गको मछेडीखोलातर्फ आउँदै गरेको बा ५ ख ३४७४ न. को महेन्द्रा निशान ट्रक पछाडि हटाउने क्रममा सडकबाट ५० मिटर तल खोल्सामा खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्यामकुमार महतोले जानकारी दिए।

दुर्घटनामा घाइते भएका गाडीमा यात्रा गर्ने गल्छी- ७ का ३६ वर्षीय रामशरण तामाङको उपचारका क्रममा मृत्यु भएको छ। गाडी चालक प्रहरीले पक्राउ गरी हिरासतमा लिएको छ।

२०७५ कार्तिक ११ गते १४:४३ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर