गोरखापत्रका महाप्रबन्धक उपाध्याय पदमुक्त

आजको खबर   |    प्रकाशित : २०७५ कार्तिक ११ गते १४:५२

काठमाडौं । आज बसेको मन्त्रिपरिषद् बैठकले गोरखापत्र संस्थानका महाप्रबन्धक बसन्तप्रकाश उपाध्यायलाई पदमुक्त गरेको छ।

आइतबार बालुवाटारमा बसेको बैठकले महाप्रबन्धक उपाध्यायलाई पदमुक्त गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले जानकारी दिएका छन्।

मन्त्रीपरिषद बैठकले नेपाल र मलेसिया बीच कामदार भर्ना तथा रोजगारी सम्बन्धि समझदारी पत्रमा हस्ताक्षर गर्ने अख्तियारी श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टलाई दिएको छ।

सरकारले सबै सरकारी निकायमा विद्युतीय प्रणालीबाट पत्राचार गर्न विद्युतीय पत्राचार व्यवस्थापन निर्देशिका पनि नेपाल राजपत्रमा प्रकाशित गर्ने निर्णय गरेको छ।

२०७५ कार्तिक ११ गते १४:५२ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर