क्यान्सर,मुटुका रोग, कब्जियत देखि दर्जनौ रोगबाट छुटकारा पाउन खानुहोस् ‘स्याउको बियाँ’ !

आजको खबर   |    प्रकाशित : २०७५ कार्तिक ११ गते १४:५६

एजेन्सी । स्वादिष्ट फल स्याउ मननपराउने मानिस बिरलै हुन्छन् । चिकित्सा शास्त्र अनुसार दैनिक रुपमा एउटा स्याउ खानु स्वाथ्यका लागि निकै फाइदा जनक मानिन्छ । समाजमा चलि आएको मान्यता अनुसार स्याउ बोक्रा नफाली खाने फल हो । तर पनि कतिपय मानिस स्याउको बोक्रा ताछेर खाने गर्दगर्छन् । यसो गर्नुको कारण चाँही ज्ञानको अभाव हो ।

हामी मध्ये धेरैलाई थाहा नहुनसक्छ स्याउको बोक्रा र बियाँमा शरिरलाई आवश्यक पर्ने तत्व लुकेको हुन्छ । स्याउमा भिटामिन सी, भिटामिन इ र फाइबर हुन्छ । मुटुका रोगीका लागी नियमित स्याउ प्रयोग आवश्यक मानिन्छ । स्याउले मुटुरोगबाट बचाउँछ । पखला लागेका मानिसलाई स्याउ खान दिएमा ओखतीको काम गर्छ । कब्जियतको समाधान लगायत अन्य दर्जनौ स्वास्थ्य सम्बन्धी समस्याको समाधान गर्छ । जर्नल अफ एग्रिकल्चर एन्ड फुड केमेस्ट्रीमा प्रकाशित एक अध्ययन अनुसार स्याउको बोक्रा स्याउभित्र हुने बियाँ जस्तै लाभादायक हुन्छ । । किनकी यसमा क्यान्सरबिरोधी तत्व हुन्छ ।

स्याउको बोक्रा र वियाँमा उच्च मात्रामा एन्टिअक्सिडेन्ट हुन्छ । जसले क्यान्सरबाट जोगाउँछ । न्युट्रिसन एन्ड क्यान्सर नामक एक जर्नलमा प्रकाशित अध्ययन अनुसार एन्टिअक्सिडेन्टले ट्युमर कोषको बृद्धिलाई रोकी स्तन तथा प्रोस्टेट क्यान्सरबाट बचाउँछ ।

स्याउमा पाइने फ्ल्याभोननोइन नाम गरेको एन्टिअक्सिडेन्टले मुटु पोल्नबाट बचाउँछ । स्याउमा क्युरसिटेन नाम गरेको एउटा तत्व हुन्छ जसले मुटु सुन्निने समस्याबाट पनि जोगाउँछ । क्युरसिटेन मुटुका धमनीमा रगत जम्ने समस्यालाई निको पारी ह्दयघातलगायत अन्य मुटुजन्य समस्याबाट जोगाउछ । स्याउको बोक्रा र बियाँले शरिरका कोष हानी हुनबाट पनि बचाउँछ ।

२०७५ कार्तिक ११ गते १४:५६ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर