प्रधानमन्त्री ओली टिचिङ अस्पताल भर्ना, स्वास्थ्य अवस्था बुझ्न अध्यक्ष प्रचण्ड अस्पतालमा
आजको खबर | प्रकाशित : २०७५ कार्तिक १२ गते ३:०१

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली अस्पताल भर्ना भएका छन्। स्वास्थ्यमा समस्या देखिएपछि उनलाई आज बिहान त्रिवि शिक्षण अस्पताल ९टिचिङ० मा भर्ना भएका हुन्
उनको स्वास्थ्यका केही दिनअघि देखिनै समस्या देखिएको थियो। स्वास्थ्य अवस्थामा थप समस्या देखिएपछि उनलाई आज बिहान साढे २ बजेतिर टिचिङ अस्पताल पुर्याइएको थियो। उनको त्रिवि शिक्षण अस्पतालस्थित मनमोहन कार्डियो सेन्टरमा राखेर उपचार भइरहेको छ।
उनलाई श्वासप्रश्वासको समस्या देखिएका कारण अस्पताल भर्ना गरिएको जनाइएको छ। प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था बुझन नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड टिचिङ अस्पताल पुगेका छन्।
२०७५ कार्तिक १२ गते ३:०१ मा प्रकाशित