ओठ फुट्ने समस्याबाट छुटकारा पाउने उपायहरु (भिडियो)

आजको खबर   |    प्रकाशित : २०७५ कार्तिक १२ गते ४:०५

काठमाडौँ । जाडोको मौसम सुरु भएसँगै ओठ फुट्ने समस्या बढ्दै जान्छ । ओठ फुटेमा दुखाइ हुनुका साथै अनुहारलाई पनि कुरुप बनाउछ । त्यस्तै आठ फुटेमा तातो कुरा खान पनि मिल्दैन, जसले पीडा दिन्छ ।त्यसैले ओठको विशेष हेरचाह गर्नुपर्छ ।

चिसोमा बाहिर निस्कँदा घिउ वा मह लगाएर हिँड्दा ओठ फुट्दैन । जाडोमा दैनिक बदाम र सुन्तलाको सेवन गर्दा पनि यसबाट बच्न सकिन्छ ।बाहिरी वातावरणमा जाँदा लिपगार्ड, लिपिस्टिक लगाउँदा पनि ओठ फुट्नबाट बच्न सकिन्छ ।

त्यस्तै विभिन्न खाले घरेलु उपाय अपनाउँदा पनि ओठ फुट्ने समस्या देखिएमा छाला चिकित्सककहाँ गएर जचाउनुपर्छ ।ओठ वेलावेलामा चुस्ने वा चाट्ने बानी राम्रो होइन । यसले ओठ नरम हुने भएकाले बाहिरको चिसो हावाले चाँडो असर पुर्याउँछ ।

थप जानकारीको लागि भिडियो हेर्नुहोस।।।

२०७५ कार्तिक १२ गते ४:०५ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर