स्कुल टाढा भएर पढ्न जान नपाएका विपन्न बालबालिकालाई रकम र साइकल वितरण

आजको खबर   |    प्रकाशित : २०७५ कार्तिक १२ गते ४:३४

इनरुवा । सुनसरीसहित विभिन्न जिल्लाका विपन्न बालबालिकालाई एक मुस्लिम गैरसरकारी संस्थाले आइतबार सहायता अनुदान रकम वितरण गरेको छ ।

सुनसरी सदरमुकाम इनरुवामा एक कार्यक्रमको आयोजना गरेर सुनसरीसहित विभिन्न जिल्लाका २६० अनाथ, टुहरा, अपाङ्गता बालबालिकालाई प्रति व्यक्ति रु चार हजारका दरले रकम वितरण गरिएको हो ।

हिदायत एजुकेशनल एण्ड वेलफेयर ट्रष्ट नेपाल सुनसरीको आयोजना र कतार च्यारिटी नेपालको सहयोगमा २६० बालबालिकालाई सहायता रकम वितरण गरेको आयोजक संस्थाका हजरत हुसेनले जानकारी दिए ।

कार्यक्रममा सुनसरी, मोरङ, झापालगायतका गरी ७५ अनाथ बालबालिका र १८५ विपन्न, गरीब, दलित अपाङ्गता भएका बालबालिकालाई सहायता रकम वितरण गरिएको हो ।

उक्त संस्थाले २५ विपन्न, गरीब, दलित अपाङ्गता भएका बालबालिकालाई साइकल समेत वितरण गरेको छ ।

विद्यालय अध्ययन गर्न टाढाबाट आउने बालबालिकालाई कठिनाइ हुने भएकाले त्यो समस्याबाट मुक्त गर्नका लागि २५ बालबालिकालाई साइकल वितरण गरेको बताइएको छ ।

साइकल वितरण कार्यक्रममा इनरुवा नगरपालिकाका प्रमुख राजन मेहता, वडा नम्बर २ का अध्यक्ष सुरेन्द्र यादव (श्रवण), वडासदस्य रञ्जेस भट्टराईलगायतको सहभागिता रहेको थियो ।

विद्यार्थी बालबालिकाले साइकल र रकम पाएपछि खुशी भएका थिए । साइकल र रकम अभावका कारण आफूहरुलाई अध्ययन अध्यापन गर्नका लागि समस्या हुने गरेकामा अब राहत भएको विद्यार्थी बालबालिकाले बताएका छन् ।

हिदायत एजुकेशनल एण्ड वेलफेयर ट्रष्ट नेपाल सुनसरीले अनाथ, विपन्न, गरीब, दलित, अपाङ्ग, वृद्धवृद्धा, एकल महिलालगायतलाई लक्षित गरेर विभिन्न दातृ निकायको सहयोगमा विभिन्न किसिमको सामग्री वितरण गर्दै आएको छ ।

२०७५ कार्तिक १२ गते ४:३४ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर