मलेसियाका मानव संसाधनमन्त्रीले गरे पशुपतिनाथको दर्शन

आजको खबर   |    प्रकाशित : २०७५ कार्तिक १२ गते ४:४४

काठमाडौँ । नेपाल भ्रमणमा रहेका मलेसियाका मानव संसाधनमन्त्री एम कुलाशेगरानले आज बिहान पशुपतिनाथको दर्शन गरेका छन् ।

करीब दुई घण्टा पाशुपत क्षेत्रमा रहेका उनले पशुपति नाथको मूल मन्दिर, १५ शिवालय, गोरखनाथलगायत विभिन्न मठमन्दिरको अवलोकन गरेका थिए ।मन्त्री कुलाशेगरानलाई पशुपति विकास क्षेत्र कोषका कार्यकारी निर्देशक रमे

श उप्रेती र सदस्यसचिव प्रदीप ढकालले अवलोकन गराएका थिए। सो अवसरमा कोषले धार्मिक पर्यटन प्रवद्र्धनमा सहयोग गर्न मलेसियाका मन्त्रीसँग आग्रह गरेको थियो ।

सो क्रममा आफूले १० वर्ष अघि नौ दिन नेपाल भ्रमण गरेको स्मरण गर्दै मन्त्री कुलाशेगरानले मलेसियाका हिन्दू धर्मावलम्बीलाई नेपाल भ्रमणका लागि आह्वान गर्ने बताएका कार्यकारी निर्देशक उप्रेतीले जानकारी दिए । मन्त्री कुलाशेगरान नेपाल भ्रमणका लागि आइतबार राति काठमाडौँ आएका हुन् ।

२०७५ कार्तिक १२ गते ४:४४ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर