इण्डोनेशियामा विमान दुर्घटना, चालक दलका सदस्यसहित १८८ यात्रु वेपत्ता
आजको खबर | प्रकाशित : २०७५ कार्तिक १२ गते ५:०८

एजेन्सी । इण्डोनेशियामा सोमबार बिहानै १८८ यात्रु बोकेको विमान दुर्घटना भएको छ। जकार्ताबाट उडान भरेको लायन एयरको विमान उडान भरेको १३ मिनेटमै दुर्घटनाग्रस्त भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।
विमानमा चालक दलका सदस्यसहित १८८ यात्रु सवार थिए। बिमानमा १८८ यात्रुमध्ये ३ जना बच्चा २ पायलट र ५ जना क्याबिन क्रू रहेका छन्। उडान भरेको १३ मिनेटपछि बिमान सम्पर्क बिहीन भएको थियो। बिमान सम्पर्कबिहीन भएपछि सर्च अपरेशन सुरु गरिएको थियो।
सम्पर्क बिहीन भएको बिमान दुर्घटना भएको इण्डोनेशियाका अधिकारीलाई उदृत गर्दै समाचार एजेन्सी रोयटर्सले जनाएको छ। तर अहिलेसम्म बिमान दुर्घटना बारे आधिकारीक जानकारी भने हुन सकेको छैन्।
सर्च अपरेशनमा बिमानका केही भाग समुद्रमा भेटिएको पनि समाचारमा जनाइएको छ।
२०७५ कार्तिक १२ गते ५:०८ मा प्रकाशित